गाउँ सहर

अहिलेसम्म विश्वभर काेराेना संक्रमितबाट ५ लाख ६२ हजारकाे मृत्यु, ७३ लाख ६० हजार निकाे

काठमाडाैं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७३ लाख ६० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड २६ लाख २५ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ६२ हजार ७६९ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४७ लाख १ हजार ४३२ जनामा सक्रिय केशमध्ये ५८ हजार ८९८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३२ लाख ९१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३६ हजार ६७१ जनाले ज्यान गुमाइसकेका छन् भने १४ लाख ६० हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८ लाख २२ हजार ६०३ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये २२ हजार १४४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५ लाख १६ हजार २०६ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमण १६ हजार ६४९ जना पुगेका छन् भने ८ हजार ११ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३५ पुगेको छ भने ८ हजार ६०३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत