गाउँ सहर

विश्वभर काेराेना संक्रमित ४५ लाख ८२ हजारमा सक्रिय केशमध्ये ५८ हजारको अवस्था गम्भीर

काठमाडाैं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७० लाख ३० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड २१ लाख ५४ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ५२ हजार २९ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४५ लाख ८२ हजार १३८ जनामा सक्रिय केशमध्ये ५८ हजार ३१९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३१ लाख ५८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३४ हजार ८६२ जनाले ज्यान गुमाइसकेका छन् भने १३ लाख ९२ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७ लाख ६९ हजार ५२ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये २१ हजार १४४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४ लाख ७६ हजार ५५४ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १६ हजार ४२३ जना पुगेका छन् भने ७ हजार ७५२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३५ पुगेको छ भने ८ हजार ६३६ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत