स्वास्थ्य

३२ देशका २३९ वैज्ञानिकले भने- कोरोना हावाबाट पनि फैलन सक्छ, सत्य के हाे ? हेर्नुहाेस्

[डब्लूएचओ भन्छ- ठाेस प्रमाण छैन]

वाशिंगटन । कोरोनाभाइरस हावाबाट फैलन्छ । द न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, ३२ देशका २३९ वैज्ञानिकले यो दावी गरेका हुन् । 

उनीहरुले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) लाई पत्र लेखेर यो दावीमा गम्भीर हुन र थप दिशानिर्देश बनाउन आग्रह गरेका छन् ।

यसभन्दा अघि डब्लूएचओले कोरोना हावाबाट नसर्ने बताएको थियो । उसका अनुसार, यो केवल थुकका कणबाट फैलन्छ । यी कण कफ, हच्छिउँ र बोल्दा शरीरबाट बाहिर निस्कन्छ । यो यति हल्का हुँदैन कि हावासँग टाढासम्म उड्न सक्छ । चाँडै जमिनमा झर्दछ ।

रिपोर्टका अनुसार, वैज्ञानिकले यो सम्बन्धमा डब्लूएचओलाई खुला पत्र लेखेका छन् । यसमा भनिएको छ— खोक्दा, हाच्छिउँ या कडा बोल्दा संक्रमित व्यक्तिको मुखबाट निस्कने साना ड्रप्लेट्स हावाबाट स्वस्थ व्यक्तिसम्म पुग्न सक्दछ । यसले दोस्रो व्यक्ति संक्रमित हुन सक्दछ, यसकारण घरमा पनि एन-९५ मास्क लगाउनु जरुरी छ ।

तर डब्लूएचओका टेक्निकल टिमका हेड डा. बेनेडेटा अलेग्रांजीले यो दावीमा भने— पछिल्ला केहि माहिनामा धेरैपटक भनिएको छ कि हावाबाट संक्रमण फैलनु संभव छ, तर यसको ठोस प्रमाण अहिलेसम्म मिलेको छैन ।

डब्लूएचओले १९ जूनमा आफ्नो गाइडलाइन अपडेट गरेको थियो । यसमा भनिएको थियो कि हावाबाट संक्रमण मेडिकल प्रोसीजरबाट मात्रै संभव छ, जो एयरोसाल या ५ माइक्रोनभन्दा सानो ड्रप्लेटे्स पैदा गर्दछ । एक माइक्रोनमा एक सेन्टिमिटरको १० हजार गुणा भाग हुन्छ ।

अनुसन्धानसँग जोडिएका डा. मैरका अनुसार, वैज्ञानिकले ल्याबमा एयरोसालबाट कोरोनालाई उत्पादन गरेका होइनन, तर यसको अर्थ यो होइन कि यसले संक्रमण फैल्याउन सक्दैन । यसमा प्रयोग गरिएका बढि नमूना हस्पिटलको उपयुक्त वातावरणबाट आए, जसले संक्रमणको स्तर कम हुने गर्दछ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत