गाउँ सहर

काेराेनाबाट मृत्यु हुने विश्वभर ५ लाख २९ हजार नाघ्याे, संक्रमित १ कराेड १२ लाख नजिक

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६२ लाख ९७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड ११ लाख ९० हजार नाघेको छ भने मृतकको संख्या ५ लाख २९ हजार ११३ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४३ लाख ६३ हजार ६५६ जनामा सक्रिय केशमध्ये ५८ हजार ८३६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २८ लाख ९० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३२ हजार १०१ जनाले ज्यान गुमाइसकेका छन् भने १२ लाख ३५ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६ लाख ४९ हजार ८८९ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १८ हजार ६६९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३ लाख ९४ हजार ३१९ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १५ हजार २५९ जना पुगेका छन् भने ६ हजार १४३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३२ पुगेको छ भने ९ हजार ८४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत