जीवनशैली

कोभिड-१९ महामारी, ध्वस्त सेक्स लाइफ

  • एजेन्सी
  • १८ असार बिहीबार, २०७७ | १६:१८:०० मा प्रकाशित

यदि तपाईंले यो सोचिरहनुभएको छ कि लकडाउनको अर्थ पार्टनरसँग लामो समयसम्म बस्ने, हुनसक्छ तपाईंको यी दिनको अनुभव केहि अर्कै भइरहेको छ । कोभिड-१९ महामारीले तपाईंको सेक्स लाइफलाई पनि धेरै नोक्सानी पुर्याएको छ ।

दिनरात घरमा रहनु, मिलेर खानु, घरको काम सँगै गर्नु, रोमान्टिक टाइम बिताउनु, सुन्नमा त लकडाउन यस्तै हो तर हकिकत योभन्दा धेरै फरक छ ।

लिभिङ्ग कपल्सको लागि लकडाउन केहि महत्वपूर्ण सपनाजस्तै लाग्नुपर्थ्याे, तर वास्तवमा ठिक उल्टो देखिइरहेको छ ।

जुन रोमान्टिक सेशन्सको लागि विकेन्डको पर्खाइमा बस्नुपर्थ्याे, तर अहिले जीवनको निराशता तोड्न सकिरहेको छैन । यसको प्रमुख कारण हुनसक्छ तनाव र हरेक पलको एक दैनिकी ।

यस्तो किन हुँदैछ, के कारण हो कि लकडाउनमा सेक्स लाइफ झन राम्रो हुनुको साटो बिग्रिएको छ ? यो कुराको छिनोफानो डाक्टर्सहरु यसरी गर्छन् ।

हिरानंदानी हस्पिटल, वाशीका साइकेट्रिस्ट तथा सेक्सोलोजिस्ट डा. केदार तिल्वेका अनुसार यो समयमा बढि उत्तेजना खतरा हुनसक्ने जसले संक्रमण फैलनसक्ने हुनसक्छ । बाहिरी, सेक्सबाट बच्नु राम्रो हुन्छ याे समयमा । गर्नैपरे ननसेक्सुअल राेमान्सपनि गर्न सकिन्छ । एकभन्दा बढि पार्टनरबाट पनि हुनसक्छ जोखिम, जसकाे पलपलमा ध्यान दिनु पर्दछ ।यसकाे लागि आत्मनिर्भरता (हस्तमैथुन/मास्टरवेशन) राम्रो उपाय हुनसक्छ । साथै याे समयमा मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्दछ ।  

चिकित्सकको रायबाट पनि जोगिनमै सल्लाह दिएका कारण कोरोनाभाइरसले सेक्स लाइफमा अत्यधिक असर पुर्याएको सहजै अनुमान लगाउन सकिन्छ ।
 

एजेन्सी

तपाईँको मत