दृष्‍टिकोण

‘तीन महिना धान्न नसक्ने उद्योग’लाई चोरीऔँला देखाउँदा नभूलौँ, अन्य आफैँतिर फर्किएको हुन्छ

[महामारीकाे मिलेर सामना गराैँ]

काठमाडौँ । कोरोना महामारीले विश्व थला परेको छ । करोडौँको रोजिरोटी गुमेको छ । सबैक्षेत्र तहसनहस र उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । ठूलो जन र धनसँगै मानसिक स्वास्थ्यमा गम्भीर असर पुगेको छ । 

अन्तर्राष्ट्रिय श्रमिक संगठनले पनि २.५ करोड मानिस बेरोजगार हुने प्रक्षेपण गरेको थियो भने नेपालको परिपेक्षमा ३५ लाख बढी बेरोजगार हुने अनुमान गरिएको छ । जुन तथ्यांक तलमाथि हुने निश्चित देखिएको पनि छ ।

नेपालबाहेक अन्य देशहरुमा सरकारले राहत र प्याकेज तथा भत्तालाई प्राथमिकतामा राखेका कारण अवस्था अलिक सहज देखिएको छ । तर नेपालमा सो अवस्था नदेखिँदा बन्द उद्योगहरुबाट श्रमिकको विचल्ली बन्ने अवस्था बनेको छ । सरकार लाचार बन्याे गरेन, जसकाे एकमात्र उदाहरण क्वारेन्टाइन र परीक्षण हाे । 

उत्पादन, बजार र आय नहुँदा र काम नहुँदा विभिन्न क्षेत्रका श्रमिकहरुले ज्याला तथा तलव पाएका छैनन् भने केहिले थाेरैमात्र । उद्योग सञ्चालकहरुले विना कुनै राहत र सहुलियतको ऋण सरकारबाट नपाउँदा उद्योग चलाउन नसक्ने बताउँदै आएका छन् । यो एउटा क्षेत्रको मात्र समस्या होइन, सबै उद्योगको हालत अहिले दयनिय देखिएको छ । 

समस्यालाई विषयगत नगराैँ । समस्या सबैलाई छ । यो समयमा एउटा प्रश्न उठिरहेको छ— वर्षौंदेखि नाफामा भएका संस्थाहरुले पनि यो तीन महिनामा तलब दिन सक्दैनौ भन्नु र भर्खरै स्थापीत उद्योगले पनि तलव दिन नसक्नु र बन्द गर्ने अवस्था साँच्चै हो त ? उद्योगीले र श्रमिकबीच सम्बन्ध नकारात्मक देखिएका छन् । एकले अर्कालाई दोषारोपण गर्ने अवस्था हो कि होइन ? गम्भीर बन्नैपर्छ । यो समयमा भए जीवन दुबैले चलाउने हो । समाधान पनि दुइपक्षबीच बसेर नै टुंग्याउने नै हो । अर्काेकुरा चल्नैनसक्ने, बन्द हुनुपर्ने, जागिर जानुपर्ने अवस्था साँच्चै हाे त ? याेपनि छानविनकाे दायरामा ल्याउनै पर्छ ।

यो मामला यतिविघ्न बढ्न सक्छ भन्ने सरकारले सोचेकै हुनुपर्छ र थियो तर महत्वपूर्ण कदम चाल्न सकेन, फलत यो अवस्था आउँदैछ । खै राहत, खै प्याकेज र खै सहुलियत ऋण ? यो कारण पनि समस्या अब कति अगाडि बढ्छ अनुमान गर्न गाह्रो हुँदै गएको छ । केहि उद्योग त यस्ता छन जुन कोरोनाको भ्याक्सिन बनेर विरामीको निको नभइन्जेलसम्म चल्न नसक्ने अवस्थामा छन् । त्यहाँ काम गर्ने, सेवा लिने र जीवन चलाउनेको हालत के होला ? खै कसले सोचेको छ ! त्यो समयसम्म तिनले कसरी जीवन धान्ने ? खान नपाएर मर्दैन ?

सामान्य लकडाउन खुकुलो हुँदानै कोरोनाको नाम बेचेर सम्पूर्ण रकम कट्टा गर्ने र खाने गलत प्रवृत्ति पनि ह्वात्तै बढेको छ जुन गलत छ । यसमा सरकारै अघि छ यहिविचमा २४ अर्ब कर उठाएरकाे छ । यस महामारीमा झनै सिक्ने हो र योजनासहित दिगो विकासको यात्रामा हिँड्ने समय हो जुन हामीले सोच्नसम्म संकोच मानिरहेका छौँ । कोरोनाले यतिवर्ष हान्छ भन्दै हिँड्ने हो कि कोरोनासँग यसरी भिड्ने हो भनेर निस्कने हो ? यसको उत्तर खोजौँ सबैले । 

नाम बेच्नेलाई धनी नबनाउँ, काम गर्नेलाई धनी बनाऊँ । सबै मिलौँ, समाधान टाढा छैन र रोजगारी गुमाएकामा पनि मल्हम पट्टी लगाउन सकिन्छ । तर झगडा र विवाद निरन्तर राख्यौँ र काममा निस्कन पाएनौँ भने सबैको हालत पतला सिवाय केहि हुँदैन । कसैले कसैलाई चोर औँला नदेखाउँ किनकी एउटा औँला उठ्दा अरु औँला आफैँतिर फर्किने तथ्यलाई नभूलौँ । यसकारण समाधानको बुटी भनेको सरकारलाई लाइनमा ल्याउने नै हो । राज्यले हरेकलाई अवस्था असहज भइन्जेलसम्म जीवन चलाउने वातावरण निर्माण गरिदिनुपर्छ, समाधान टाढा छैन ।

तर यो महामारीमा जानाजान सक्नेले पनि नदिने, राहतमा भ्रष्टाचार गर्ने, विज्ञापनको पैसा, निर्माणको पैसा खाने, औषधिको रकम हिनामिना गर्ने जस्ता कुराहरुमा अनियमितता गर्नेलाई छाडिनुहुन्न चाहे त्याे मन्त्री नै किन नहुन्, कानूनअनुसार हदैसम्मको कारवाहीको दायरामा ल्याऔँ र नाङ्गेझार बनाउँ । तर रोजिरोटी गुमाउने अवस्था नबनाऊँ जहाँ गरिबको चुल्हो बाल्ने क्षमता हुन्छ र कसैको भविश्य जोडिएको हुन्छ । 

सबैक्षेत्र मिल्न सके अवस्था हल्लामा आएजस्तै भयावह भने भएको छैन । महत्वकांक्षा मात्र घटाए पुग्छ, सबैले सबै क्षेत्रबाट सकेको छुट, मिनाहा, सहयोग गरेमा हामी सबै बाँच्छौँ । तर एक अर्कामा आक्षेप लगाए सबैपक्ष तहसनहस हुने देखिन्छ । यसकारण विपत्तको यो समयमा संयमता अपनाएर मानवीयता भन्ने चिज छ भन्ने बनाऔँ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत