स्वास्थ्य

कोरोना उपचारको पतंजलि दावीमा रोक

सरकारले भन्यो- जाँच पूरा नभइन्जेल प्रवर्ध्वन नगर्नुहोस, रामदेवको दावी- परीक्षण गर्दा ७ दिनमा १००% विरामी ठिक भए

हरिद्वार । कोरोनाको औषधि बनाएको पतंजलिको दावीमा केन्द्र सरकारले अहिले रोक लगाएको छ । केन्द्रले भन्यो— मिडियामा पतंजलिले यस्तो दावी गरेको छ कि उनीहरुले कोरोनाभाइरसको औषधि बनाएका छन् । हामीलाई यो दावीको तथ्य र वैज्ञानिकताको जानकारी छैन । केन्द्रले पतंजलिले हामीलाई पहिला यो औषधिको जानकारी देओस र हाम्रो जाँच पूरा नहुँदासम्म यसको प्रवर्ध्वन र विज्ञापन नगरोस् ।

मंगलबार योग गुरु बाबा रामदेवले आयुर्वेदिक दवाईबाट कोरोनाको उपचार भएको दावी गरे । उनले कोरोनिल नामको ट्याबलेट लन्च गरेका छन् । उनले भने— कोरोनिलमा गुर्जो, तुलसी र अश्वगन्धा जस्ता इम्युनिटी बढाउने तत्व समिश्रित छन् । यो दवाईले क्रोनिक विरामीबाट पनि बचाउँछ । यसलाई पतंजलि रिसर्च इन्स्टिच्यूट र नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्स (निम्स) यूनिभर्सिटी, जयपुरले मिलेर तयार गरेका हुन् ।

रामदेवको दावी अनुसार कोरोनिलको क्लिनीकल केस स्टडीमा २८० विरामीलाई सहभागी गराइएको थियो । पुनः १०० विरामीमा क्लिनीकल कन्ट्रोल ट्रायल गरिएको थियो । ३ दिनभित्र ६९%  विरामी पोजेटिभबाट नेगेटिभ भए र ७ दिनभित्र १००% रोगी ठिक भएका थिए । मृत्युदर ०% रह्यो ।

रामदेवले जुन कोरोना किट सार्वजनिक गरेका छन् जुन ५४५ रुपैयाँ भारतीय रुपैयाँमा पाइन्छ । त्यसमा ३० डोज हुन्छ ।

रामदेवले भने— शरीरमा अक्सिजनको कमी हुँदा श्वासारि दिँदा फाइदा हुन्छ । यो दवाई रुघा, खोकीजस्ताको लागि उपयोगी हुन्छ । यो दालचिनी, मह, अदुवा र तुलसी जस्ता १६ जडिबुटीबाट बनेको छ । अणुतेल नाकमा हाल्नु पर्दछ । यसले पनि कोरोनाबाट जोगिन सकिन्छ ।

रामदेवका अनुसार आगामी सोमबारबाट अर्डर मी एप सार्वजनिक गर्नेछन्, जसले देशभरका मानिसले घरमा बसेर दवाई मगाउन सक्छन् । अर्डरको डेलिभरी १—३ दिनमा गरिनेछ । साथै ७ दिनमा सबै पतंजलि स्टोरमा प्राप्त हुने उनले बताएका छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत