गाउँ सहर

विश्वभर काेराेना संक्रमित संख्या ८४ लाख नाघ्याे, ४ लाख ५१ हजार भन्दा बढिकाे मृत्यु

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४४ लाख १५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८४ लाख नाघेको छ भने मृतकको संख्या ४ लाख ५१ हजार २६३ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३५ लाख ३३ हजार ८७५ जनामा सक्रिय केशमध्ये ५४ हजार ४५२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २२ लाख ३४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १९ हजार ९४१ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख १८ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३ लाख ६७ हजार नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १२ हजार २६२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ९४ हजार ४३८ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ७ हजार १७७ पुगेको छ भने १ हजार १६७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २० पुगेको छ भने ५ हजार ९९० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत