गाउँ सहर

काेराेनाबाट विश्वभर निको हुनेको संख्या ४१ लाख भन्दा बढि, मृत्यु हुने ४ लाख ३५ हजार नाघ्याे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४१ लाख ७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७९ लाख ८८ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ३५ हजार ८४६ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३४ लाख ४५ हजार ६४९ जनामा सक्रिय केशमध्ये ५४ हजार ४५७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २१ लाख ६२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १७ हजार ८५३ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ६७ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३ लाख ३३ हजार पुगेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  ९ हजार ५२० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ६९ हजार ६८९ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ५ हजार ७६० पुगेको छ भने ९७४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १९ पुगेको छ भने ४ हजार ७६७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत