जीवनशैली

‘रिलमा जे निभाए, रियलमा भुलाए’ - अलविदा सुशान्त

काठमाडाैँ । अघिल्लो वर्ष सेप्टेम्बर २०१९ मा एक फिल्म आएको थियो, नाम थियो—‘छिछोरे’। सुशान्त सिंह राजपूत लीड रोलमा थिए । फिल्म नितेश तिवारीले बनाएका थिए । 

यस फिल्ममा सुशान्त यस्ता पारापाचुके पिताको भमिकामा थिए जसको छोरा पढाईको तनावबाट गुज्रिरहेका हुन्छन् । छोरा जब फेल हुन्छ, तब उ सुसाइडको कोशिश गर्छ । जब छोरा आइसीयूमा हुन्छ, तब पिता सुशान्तले आफ्नो छोरालाई भन्छन्— कलेज लाइफमा उनी कसरी पछाडि थिए, तर बाँच्ने हौसला उनले छोडेनन र पछि उनि टपर बने ।

एक सिनमा अनिरुद्धको रोलमा सुशान्त भन्छन्— मैले छोरालाई यो त भने कि छनौट भएमा कसरी सेलिब्रेट गर्ने, तर यो बताएनन कि यदि उ परीक्षामा पास भएन भने के गर्ने ?

याे फिल्मले १५० करोड भारतीय रुपैयाँभन्दा बढी संकलन गरेको थियो । यसको प्रोमोशन खासै भएको थिएन तर रकम संकलन आशाभन्दा बढी भएको थियो ।

के गर्ने रिलकाे जस्ताे जीवन रियलमा भएन सुशान्त सिंह राजपूतकाे । उनले रिलमा अर्ती त दिए तर टपर बन्न छाडेर आत्महत्या गरेका छन् ।

मुम्बईको बान् स्थित फ्ल्याटमा आइतबार उनको शव भेटिएको थियाे ।  अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन । समाचार अनुसार ३४ वर्षीय सुशान्तका कामदारले यस घटनाको जानकारी पुलिसलाई दिएका थिए ।

सुशान्त ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका थिए । टेलिभिजनमा उनको पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ थियो । त्यसपछि उनले चलचित्रमा अभिनय थालेका थिए । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलबाट उनले चर्चा बटुले । उनी डान्स रियलिटी शो ‘जरा नाच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिए । उनले काय पो चे, शुद्ध देशी रोमान्स, पीके र केदारनाथ फिल्ममा पनि अभिनय गरेका थिए । उनको अभिनयको चाैतर्फी प्रशंसा भइरहेको थियो ।

सुशान्त सिंह राजपूतको जन्म बिहारको पटनामा भएको थियो । सन् २००० को शुरुवातमा उनको परिवार दिल्ली सरेको थियो । सुशान्तका ४ जना बहिनी छन् । उनीहरुमध्ये एक मितु राज्यस्तरकी क्रिकेट खेलाडी हुन् । केहि समयबाट सुशान्त डिप्रेसनकाे समस्यामा रहेकाे बताइएकाे छ ।

उनकाे सुसाइडले परिवार शाेकमा छ भने समर्थककाे मन भक्कानीएकाे छ ।

अलविदा सुशान्त, हामी सम्झिरहने छाैँ ।

गाउँ सहर डेस्क

तपाईँको मत