गाउँ सहर

विश्वभर ७८ लाख ६० हजार काेराेना संक्रमित मध्ये ४० लाख ३५ हजारभन्दा बढि निकाे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४० लाख ३५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७८ लाख ६० हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ३२ हजार २०० पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३३ लाख ३८ हजार ६६१ जनामा सक्रिय केशमध्ये ५४ हजार ८२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २१ लाख ४२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १७ हजार ५२७ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ५४ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३ लाख २१ हजार ६२६ पुगेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  ९ हजार १९९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ६२ हजार ३२६ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ५ हजार ३३५ पुगेको छ भने ९१३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १८ पुगेको छ भने ४ हजार ४०४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत