गाउँ सहर

विश्वभर काेराेना परास्त गर्ने संख्या ३४ लाख ६० हजार भन्दा बढि, संक्रमित ७० लाख ८६ हजार

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ३४ लाख ६० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७० लाख ८६ हजार ७ सय नाघेको छ भने मृतकको संख्या ४ लाख ६ हजार नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३१ लाख ६६ हजार जनामा सक्रिय केशमध्ये ५३ हजार ७ सय भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २० लाख ७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १२ हजार ४६९ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ६१ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ५७ हजार ६८६ नाघेर विश्वकाे छैठाैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ७ हजार २०७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख २३ हजार ८४८ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण ३ हजार ४ सय ४८ पुगेको छ भने ४६७ जना निको भइसकेका छन् ।  साेमबार विहान एक जनाकाे मृत्यु भएसँगै अहिलेसम्म मृतकको संख्या १४ पुगेको छ भने २ हजार ९६८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत