स्वास्थ्य

कोरोनामा नयाँ दावीः तालु पुरुषमा भाइरस संक्रमणको खतरा बढी

काठमाडौँ । तालु (चिन्डे/कपाल झरेको/गंजा) पुरुषमा कोरोनाभाइरस संक्रमणको खतरा बढी छ । 

यो दावी अमेरिकाको ब्राउन यूनिभर्सिटीका शोधकर्ताले गरेका हुन् ।

शोधकर्ता कार्लोस वैम्बियरका अनुसार, तालु संक्रमण हुने जोखिम पक्ष हो ।

तालुपनाका कोरोना संक्रमितबाट कनेक्शन बुझ्नको लागि दुई अध्ययन गरियो । दुबैको नतिजा एकै जस्तो निस्कियो । यसभन्दा पहिले खुलासा भएको अनुसन्धानमा यो बताइएको थियो कि महिलाभन्दा पुरुषमा कोरोना संक्रमणको खतरा छ र मृत्यु पनि ।

दुबै अध्ययनमा दावी पुष्टी भयो

शोधकर्ताका अनुसार, ४१ कोरोना विरामीमा भएको पहिलो अनुसन्धानमा ७२% विरामी तालु थिए । यो शोध स्पेनको हस्पिटलले गरेको थियो । अमेरिकन एकाडेमी अफ डर्मेटोलोजीमा प्रकाशित अध्ययनका अनुसार, १२२ पुरुषमा भएको दोस्रो शोधमा ७९% कोरोना विरामी तालु थिए ।

एंड्रोजन हार्मोनले कोरोनाको संक्रमण क्षमता बढाउन सक्छ

शोधकर्तालाई भन्नुछ— मेल सेक्स हार्मोन एंड्रोजनले तालुपन र कोरोनाभाइरसको संक्रमण गर्ने क्षमता बढाउन सक्छ । यसको अर्थ हुन्छ कि यो हार्मोन दवाईको प्रभावलाई दबाउँछ या कम गराउँछ । यसकारण कोरोनाका विरामी ठिक हुने दर पनि ढिला हुन जान्छ । उनीहरुलाई रिकभर हुनमा समय लाग्दछ ।

हार्मोन संक्रमणको द्वार हुन सक्छ

शोधकर्ता कार्लोसका अनुसार, एंड्रोजन हार्मोन कोरोनाका कोशिकालाई संक्रमित गर्ने एक द्वार हुन सक्छ । अन्य शोधकर्ताका अनुसार, यसमा धेरै अध्ययन गर्नु आवश्यक छ ताकि नयाँ जानकारी आउन सकोस् ।

पुरुषमा महिलाभन्दा बढी कोरोना केश

यसभन्दा अघि गरिएको अनुसन्धानले महिलाको दाँजोमा पुरुषमा कोरोना संक्रमणको खतरा बढी देखाएको थियो । वैश्विक मृत्युदर हेर्दापनि यस्तै देखिन्छ ।

यसका ५ कारण बताइएका थिएः

१. धूमपान, जसले फोक्सो बिगारेको हुन्छ ।
२. कमजोर इम्यून सिस्टम, महिलाको हार्मोन बढी मजबूत
३. लाइफस्टाइल डिजीज, सार्सको समयमा पनि ५०% बढी पुरुषको मृत्यु
४. एसिइ-२ प्रोटिन, यो पुरुषमा बढी पाइन्छ
५. हाइजीन, पुरुष पर्सनल हाइजीन-हात धूनमा पछि परेका छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत