प्रेरणा

कोरोनामुक्त भएका यी ११ देश, विज्ञ धेरै भएको ठाउँमा शिक्षा लिन सकिएला कि नसकिएला !

काठमाडौँ । स्लोभेनियाको सरकारले १५ मे मा देशमा कोरोना महामारीको आधिकारीक रुपमा अन्त्य भएको घोषणा गर्यो । यसरी घोषणा गर्ने पहिलो यूरोपियन देश थियो ।
दैनिक एक दुई केश आएका कारण स्लोभाक सरकारले यो घोषणा गर्यो । मार्चको अन्त्यमा यही देशमा हरेक दिन ४० देखि ७० बीच नयाँ केशहरु आइरहेका थिए ।

अहिले स्लोभेनियामा सक्रिय घटना ६ वटा छन् । कयौँ अन्य देश पनि छन जहाँ सक्रिय केशको संख्या इकाईको अंकमा झरिसकेको छ । आइसल्याण्ड र न्यूजील्याण्ड जस्ता देशहरु यसमा समावेश छन् ।

कोरोनाविरुद्ध अत्यन्तै राम्रो तयारीका कारण अहिले यी देश कोरोनामुक्त भएका छन् । हामीले उनीहरुको राम्रो तयारीको बारेमा बुझ्ने कोशिष गर्यौँ । यसको लागि १०० भन्दा बढि संक्रमित भएका देश चुनियो जहाँ अहिले सक्रिय केश १ देखि १० सम्ममा सीमित छन् । हामीले यस्ता १२ देश पायौँ । यीनै देशको महामारीबाट लड्ने तयारीमा एक रिसर्च रिपोर्ट प्रस्तुत गरेका छौँ जुन नेपाल तथा भारतमा कोशेढुंगा सावित हुनसक्छ ।

१. आइसल्याण्डले ५ मे सम्म १३.५% जनसँख्याको कोरोना टेस्ट गरेको थियो

आइसल्याडमा कोरोनाको पहिलो केश २८ फेब्रुअरीमा आएको थियो । बाहिरबाट आएकाको अस्पतालमा टेस्ट गर्दा सो पत्ता लागेको थियो । सो समय धेरै देशहरुमा एयरपोर्टमा मात्रै स्क्रिनिंग गरेर यात्रीलाई जान दिइन्थ्यो । फेब्रुअरीको सुरुवातबाट यहाँ सामाजिक दुरी र हात धुनेजस्ता सावधानीलाई मिडिया अभियानको रुपमा सुरु गरिएको थियो ।

५ मे सम्म आइसल्याण्डले आफ्नो १३% जनसँख्याको कोरोना टेस्ट गरिसकेको थियो । उनीहरु जसमा कोरोनाको लक्षण थिएन, तर अर्को देशबाट फर्किरहेका थिए, ति सबैको टेस्ट गरियो । यसले यो कुरा पनि पत्ता लाग्यो कि ०.६% केश यस्ता थिए जसमा कोरोनाको लक्षण थिएन, तर भाइरसको वाहक बनेका थिए । अनि भाइरसको हट स्पट भएको देशबाट आएकाहरुलाई आइसोलेटमा राखियो ।

यहाँ पूर्ण लकडाउन त भएन तर हाई स्कूल, हेयर सैलून र केहि गैर आवश्यक बिजनेस सेक्टरलाई १५ मार्चसम्म बन्द गर्न भनियो । यी क्षेत्र करिब ६ हप्तासम्म बन्द गरियो । ४ मे बाट यी सबै खोलियो ।

२. न्यूजील्याण्डमा ४८ घण्टामा कोरोना पोजेटिभको कन्टेक्ट ट्रेसिंग पुरा गर्दथे

न्यूजील्याण्डमा २८ फेब्रुअरी अगाडि केश पाइएको थियो । यसमा ३० दिन अगाडि अर्थात ३ फेब्रुअरीबाट सरकारले चीनबाट आउने यात्रीलाई रोक लगाएको थियो, यसमा केवल न्यूजील्याण्डका नागरिकलाई मात्र छूट थियो । यहाँ जब केशहरु १०० उक्लियो, तब २१ मर्चदेखि सरकारले अलर्ट सिस्टम इंट्रोड्यूस गर्यो, त्यो बेला यहाँ लेभल २ राखिएको थियो । सरकारले २३ मार्च साँझ लेभल ३ राख्यो र जब केश ३०० बढ्यो तब २५ मार्च दिउसो लेभल ४ अर्थात लकडाउन लगायो ।

न्यूजील्याण्डमा कुनै व्यक्तिलाई कोरोना पोजेटिभ भए ४८ घण्टाभित्र उसको कन्टेक्ट ट्रेसिंग हुन्थ्यो । अर्थात, कुनै व्यक्तिमा कोरोना पोजेटिभ पाइए अर्को दिनमा उसँग भेटेका सबैलाई अलर्ट गरिन्थ्यो र टेस्ट हुँदासम्म सेल्फ क्वारेन्टाइनमा रहने सल्लाह दिइन्थ्यो ।

यहाँ ५ हप्ताको पूर्ण लकडाउनपछि २८ अप्रिलबाट लकडाउन लेभल ३ मा ल्याइयो । अर्थात सरकारले विस्तारै पसल र गैर आवश्यक क्षेत्रमापनि पुनः सञ्चालन गर्ने अनुमति दियो ।

३. स्लोभेनियामा फेब्रुअरीको पहिलो हप्तामा नै महामारीसँग लड्ने प्रोटोकल तयार भएको थियो 

स्लोभेनियाको सरकारले १५ मे मा देशमा कोरोना महामारी आधिकारिक रुपमा समाप्त भएको घोषणा गरेको थियो । यस्तो गर्ने यूरोपियन देशमा उ पहिलो हो । देशमा कोरोनाका ४ विरामी मार्चमा भेटिएका थिए तर फेब्रुअरीको पहिलो हप्तामा यहाँ महामारीसँग लड्नको लागि प्रोटोकल तय गरेका थिए । यसमा कुन हस्पिटलले कोरोनाको उपचार गर्छ, किन डाक्टर्सलाई जिम्मेदारी दिने, यो सबै तय गरिएको थियो ।

स्लोभेनियामा प्रधानमन्त्रीको राजिनामा पछि सरकार परिवर्तन भयो र १६ मार्चमा यहाँ पूर्ण लकडाउन गरिएको थियो । समय हुँदै लकडाउन लगाउनु यहाँको जीतको कारण बन्यो । लकडाउनलाई सफल बनाउनको लागि सरकारले जीडीपीको ६% हिस्सा देशका नागरिक र बिजनेसमेनलाई दियो, दाति जनताको नोक्सानी पूर्ताल हुन सकोस् ।

यहाँ बाहिर बाट आएका हरेक व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा राखियो । १५ मे पछि सबै बिजनेस सेक्टर्स खोलिन थालियो, स्कूलपनि खोलियो । तर अहिलेपनि पब्लिक इभेन्टमा पावन्दी जारी छ ।

४. आइजले अफ मेनले बिना संक्रमित लकडाउन गरेको थियो 

एकलाख भन्दा कम जनसँख्या भएको यो सानो देशमा संक्रमित व्यक्ति नहुँदा नै अर्थात १६ मार्चदेखि एक महिना लकडाउन गरेको थियो । इमरजेन्सी पावर एक्ट अन्तर्गत सामाजिक दुरी नराख्ने र सेल्फ आइसोलेशन नियम तोड्नेलाई जरिवानाको प्रावधान गरेको थियो । सबै गैर आवश्यक दोकान बन्द गर्ने आदेश दिएको थियो । १५ अप्रिलमा थप १ महिना लकडाउन बढाएको थियो । यहाँ अन्तिम केश २० मे मा आएको थियो, नयाँ केश आएका छैनन् ।

५. मोरिशस सबैभन्दा बाक्लो देश, तरपनि कोरोना संक्रमण रोक्न सक्षम बन्यो

अफ्रीकी महाद्वीपको दक्षिण—पूर्वी किनारमा भएको यो देशको जनसँख्या १२ लाख आसपास छ तर यो विश्वमा १० औँ सबैभन्दा बढि बाक्लो बस्ती भएको देश हो । यहि कारण जब मोराशिसमा पहिलो केश १८ मार्चमा पाइयो त्यसको २ दिन पछि स्कूल, गैर आवश्यक दोकान र बोर्डर बन्द गरेको थियो । २४ मार्चमा जब केश ४२ भयो देशमा लकडाउन भएको थियो । यहाँ सरकारको प्राथमिकता टेस्टिंगसँगै कन्टेक्ट ट्रेसिंगमा रह्यो ।

मोरिशसले सजिलैसँग कोरोना हराउनुको कारण थियो हेल्थ केयर सिस्टम अत्यन्तै राम्रो थियो । यहाँ प्रति हजार मानिसमा ३ बेड छन । मोरिशस सरकार सोशल प्रोटेक्शनमा आफ्नो जीडीपीको ९.३% खर्च गर्दछ ।

६. मेंटेग्रोमा २८ दिनबाट कुनै केश छैन, सरकार अब कोरोनामुक्त घोषणा तयारीमा

यूरोपियन देश मेंटेग्रोमा कोरोनाको अन्तिम केश ५ मे मा भेटिएको थियो । महामारीबाट भएको अन्तिम मृत्यु १० मे मा भएको थियो । २४ मे पछि यहाँ कुनै सक्रिय केश छैन । अब चाँडै यहाँ सरकार डब्लूएचओको गाइडलाइन्स अनुसार देशलाई कोरोनामुक्त घोषित गर्ने तयारीमा छ ।

मोंटेग्रोले पहिलो केश भेटिएको २ दिन अगाडि अर्थात १५ मार्चमा आफ्नो बोर्डर सील गरेको थियो । मार्चको सुरुवातमा यहाँको स्कूल बन्द गरिएको थियो । भिडमा पावन्दी लगाइएको थियो । २६ मे सम्म मेंटिग्रोले कुल जनसँख्याको २% जनसँख्याको कोरोना टेस्ट गरेको थियो ।

७. फेरो आइल्याण्डमा २३ अप्रिलमा अन्तिम केश प्राप्त, ९ मे मा कोरोनामुक्त घोषित्

डेनमार्कद्वारा शासित आइल्याण्डले ९ मे मा आफैँ कोरोनामुक्त घोषणा गरेको थियो । ज्वालामुखी र चट्टानको १८ द्वीपको यो समुहमा अन्तिम केश २३ अप्रिलमा पाइएको थियो । यहाँ कोरोनाबाट कसैको मृत्यु भएन । ९ मे मा जब स्थानीय सरकारले प्रेस रिलीजमा इलाकालाई कोरोना मुक्त घोषित गर्यो तब ४८ हजार जनसँख्या भएको यो देशमा १८% मा टेस्ट गरिएको थियो ।

फेरो आइल्याण्डका प्रधानमन्त्री स्टेग निल्सनले कोरोनाविरुद्धको सफलताको श्रेय समयमा उठाएको जरुरी कदम र व्यक्तिद्वारा प्रशासनको गाइडलाइन्सलाई मानेको भनेको छ ।

८. ग्लोबल हेल्थ सेक्यूरिटी इन्डेक्समा ब्रुनाईलाई ६६.७ स्कोर

देशमा नेशनल आइसोलेशन सेन्टरमा अहिले एक सक्रिय केश छ । यहाँ ७ मे पछि नयाँ केश पाइएको छैन । ब्रुनाइमा पूर्ण लकडाउन त भएन तर राष्ट्रिय स्तरमा केही दिशानिर्देश जारी गरिएको थियो ।

ग्लोबल हेल्थ सेक्यूरिटी इन्डेक्स २०१९ मा ३२.६ स्कोरको साथ ब्रुनाई १२८ नम्बरमा थियो तर यो इन्डेक्समा रिस्क इन्भारोमेन्टमा उसको स्कोर ६६.७ रहेको छ । यहिकारण ब्रुनाईले यो महामारीलाई बिना लकडाउन नियन्त्रित गर्न सफल भयो ।

९. कम्बोडिया पहिलो केश भेटिएपछि र त्यसपछिका तयारी

कम्बोडियामा २७ जनवरीमा पहिलो केश आएको थियो । वुहानबाट फर्किएका एक ६० वर्षका पुरुषमा संक्रमण पाइउको थियो । यसपछि ७ मार्चमा एक स्थानीय संक्रमित पाइएको थियो । यी विरामी एक जापानी यात्रीको सम्पर्कमा आएका थिए जसलाई कम्बोडिया फर्केपछि जापानमा ४ मार्चमा कोरोना पोजेटिभ पाइएको थियो । उनको सम्पर्कमा आएकाको ट्रेस गरियो यसमा ३ को रिपोर्ट नेगेटिभ आयो र १ पोजेटिभ ।

उनीहरुको सम्पर्कमा आएका ४० कम्बोडियनलाई होम क्वारेन्टाइन गरियो । प्रशासनको यो फटाफट कारबाहीबाट जान्न सकिन्छ कि कोरोनाको यो लडाईंलाई कम्बोडियाले कसरी जित्यो भनेर ।

१०. त्रिनिदाद एवं टोबेगोमा पूर्ण लकडाउनबाट संक्रमण रोकियो

त्रिनिदाद एवं टोबेगोमा २६ अप्रिलपछि ३१ मे सम्म कुनै कोरोनाका नयाँ संक्रमित प्राप्त भएका छैनन् । विरामी पहिलेबाटै क्वारेन्टाइन थिए र पहिलो दुई टेस्टमा उसको रिपोर्ट नेगेटिभ आएको थियो । यहाँ पहिलो केश १२ मार्चमा भेटिएको थियो र २९ मार्चबाट लकडाउन गरिएको थियो । पूर्ण लकडाउन र पोजेटिभ पाइएकाहरुको तुरुन्तै कन्टेक्ट ट्रेसिंग भएका कारण केश कम आए । यहाँ कुल ३१६९ टेस्ट गरिएको थियो ।

११. अरुबामा लकडाउन तेड्नेलाई गिरफ्तार गरिएको थियो 

एटलांटिक महासागरको यो सानो आइल्याण्डले १३ मार्चमा पहिलो विरामी भेटिएको ४ दिनपछि आफ्नो सीमा सील गरेको थियो । यहाँ २८ मार्चदेखि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो । साथै अत्यन्त जरुरी बाहेक बाहिर निस्कन अनुमति थिएन । कर्फ्यू तोड्ने १८० लाई गिरफ्तार गरिएको थियो । एकलाख जनसँख्या भएको यो देशमा लकडाउनलाई पालना गरेकै कारण मार्चबाट संक्रमित थामिएका थिए । अहिले कुनैपनि सक्रिय घटना छैन ।

हाम्राे अवस्था चाहिँ यस्ताे

तर विडम्बना भन्नुपर्छ नेपालमा लकडाउन बढेकाे बढ्यै छ, संक्रमितकाे संख्यापनि बढेकाे बढ्यै छ । मृत्युसंख्या ९ पुगेकाे छ तर मृत्युपछि काेराेनाकाे संक्रमण जाेडिएकाे छ । सामान्य राहत केहि क्षेत्रमा स्थानीय सरकारकाे संयाेजकत्वमा भएपनि प्याकेजसहितकाे राहत र छुट नहुँदा जनताले राहतकाे महशुष गर्न पाएका छैनन्, रैपनि सरकार मुकदर्शक बनेकाे छ । के गर्दा लकडाउनले मूर्त रूप पाउँछ थाहा भएरपनि सरकारकाे ताल यतिविघ्न तल्लाे स्तरकाे छ । अन्य देशबाट केहि सिक्ने कि प्रभाे ! एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत