विश्व

अमेरिकाका २५ शहरमा कर्फ्यू, ट्रम्पले भने- हामीसँग खतरनाक कुकुर र घातक हतियार छ

  • एजेन्सी
  • १८ जेठ आइतबार, २०७७ | १२:०२:०० मा प्रकाशित

वाशिंगटन् । अमेरिकाको मिनेसोटा राज्यको मिनेपोलिस शहरमा पुलिसको हिरासतमा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि ३० शहरमा प्रदर्शन भइरहेको छ । कयौँ शहरमा शनिबार राति पुलिस र प्रदर्शनकारीबीच झडप भएका थिए । लस एन्जलस, फिलाडेल्फिया र एटलांटासमेत १६ राज्यका २५ शहरमा कर्फ्यू लगाएको छ । ट्रम्पले प्रदर्शनकारीलाई चेतावनी दिँदै भनेका छन्— हामीसँग खतरानाक कुकुर र घातक हतियार छन् ।

पुलिसले अहिलेसम्म १४०० प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाएको छ । प्रदर्शनकारीले पुलिसका ४ वटा गाडीपनि जलाइदिएका छन् । 

राष्ट्रपति ट्रम्पले भने, ‘भेरी कूल, म भित्र थिएँ र हरेक एक घटना देखिरहेको थिएँ । म सुरक्षित महशुष गरिरहेको थिएँ । पेशेवर तरिकाले संगठित ठूलो भीड, तर कोहिपनि फेंसलाई तोडन नजिक आएनन् । यदि उनीहरु आएको भए स्वागत खतरनाक कुकुर र घातक हतियारबाट हुन्थ्यो ।’
 

एजेन्सी

तपाईँको मत