स्वास्थ्य

विश्वभर बढ्दैछन् काेराेनाभाइरस परास्त गर्नेहरू, नेपालमा २०६ निकाे भएर घर फर्किए

काठमाडाैं । विश्वभर कोरोनाभाइरसकाबाट संक्रमित भएर निकाेहरूकाे संख्या बढिरहेकाे छ । हालसम्म विश्वभर निकाे हुनेकाे संख्या २६ लाख २७ हजार भन्दा बढि छन् । 

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६० लाख ३१ हजार नाघेकाे छ भने मृतकको संख्या ३ लाख ६६ हजार ८ सय पुगेको छ । 

इन्फोका अनुसार २९ लाख ५१ हजार जनामा सक्रिय केशमध्ये ५३ हजार ७ सय जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ४ हजार ५४२ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा हालसम्म १ लाख ७३ हजार ४९१ संक्रमित भएका मध्ये  ४ हजार ९८० जनाकाे ज्यान गइसकेकाे छ । जसमध्ये ८२ हजार ६२७ जना निकाे भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण १२१२ मा पुगेको छ भने २०६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ६ रहेको छ भने १ हजार जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत