स्वास्थ्य

डब्लूएचओको चेतावनी- महामारीको दोस्रो लहर आउन सक्छ, तयार रहाैँ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ति देशलाई चेतावनी दिएका छन जहाँ कोरोना संक्रमणका केश कम भइरहेका छन् । उसका अनुसार— जहाँ केश घटिरहेका छन, त्यहाँ अचानक बढ्न पनि सक्छ । त्यसकारण त्यसलाई हेरेर मात्र नबस्नुहोस्, सरकार महामारी रोक्ने उपाय बारे पनि तयार रहोस् ।

डब्लूएचओका इमरजेन्सी प्रमुख डा. माइक रेयानले भने, ‘दुनियाँ कोरोना संक्रमणको पहिलो लहरसँग जुधिरहेको छ । कयौँ देशमा केशहरु घटिरहेका छन् । मध्य र दक्षिण अमेरिका, दक्षिण एशिया र अफ्रीकामा केश बढिरहेका छन् ।’

प्रमुख डा. रेयानले भने, ‘महामारीको लहर कुनै ठाउँ घटेको भएपनि दोस्रोपटक यहि वर्ष पनि आउन सक्छ । यदि वर्तमानमा आइरहेको संक्रमणको पहिलो लहर रोकिएपनि अर्कोपटक संक्रमण झन कडा आउन सक्छ ।’

डा. रेयानले दोस्रोपटक महामारी आउनसक्ने कुरालाई इंगित गर्दै हेलचेक्राइँ नगर्न सबैलाई अनुरोध गरे ।

उनले भने,‘यूरोप र उत्तरी अमेरिकामा बचावको कोशिष जारी राख्नुपर्छ । लगातार जाँचसँगै ज्यान बचाउने रणनीति बनाइरहनु आवश्यक छ ताकि दोस्रो लहर पुग्नुभन्दा अघि रोक्न सकियोस् । कयौँ यूरोपीयन देश र अमेरिकामा लकडाउनसँगै अन्य उपायलाई पनि अगाडि सारिएको छ जसले अर्थव्यवस्थालाई पनि बिग्रन दिँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत