विशेष

कोरोना संक्रमितलाई ११ दिनपछि डिस्चार्ज गर्दा कुनै खतरा छैन, भलै पुनः परीक्षण पोजेटिभ नै किन नहाेस्

[सिंगापुरका शोधकर्ताको दावी]

सिंगापुर । सिंगापुरका संक्रमण रोग विशेषज्ञ डा. अशोक कुरुपका अनुसार, कोरोनाबाट संक्रमित भएको ११ दिनपछि विरामीबाट अर्कोमा संक्रमण फैलने खतरा छैन । ११ दिन पछि संक्रमितकाे भलै पुनः परीक्षण पोजेटिभ भएपनि अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ ।

कोरोनाका ७३ संक्रमितमा गरिएको अध्ययनबाट यो खुलासा भएको हो । शोधकर्ताले भने— यो नतिजाले अस्पतालबाट संक्रमितलाई चाँडै डिस्चार्ज गर्न मद्यतकारी सावित हुनेछ र स्वास्थ्य सुविधा प्राप्त हुँदा धेरै व्यक्तिलाई फाइदा हुन सक्छ ।

अहिलेको अवस्था अनुसार संक्रमितमा दुईपटक परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गर्ने अनुमति हुन्छ । शोधकर्ताका अनुसार— अध्ययनको तथ्यांक कोरोना महामारी सुरु भएदेखि संकलन गरिएको थियो । नतिजाको रुपमा आएका विरामीमा कोरोना संक्रमणको लक्षण देखिने समय ७ देखि १० दिन सम्म रहन्छ ।

नेशनल सेन्टर फर इन्फेक्शियस डिजीजले हालै अनुसन्धान प्रतिवेदन प्रकाशित गरेको छ । शोधकर्ताका अनुसार, संक्रमितको जाँचमा कयौँ पटक भाइरसका सूक्ष्म भाग अर्थात डेड पार्टिकल प्राप्तिपछि रिपोर्ट नेगेटिभ आउँछ जबकी यसले संक्रमणको खतरा हुँदैन । विरामीको उपचार भएको दुइहप्ता पछिसम्म रिपोर्ट पोजेटिभ आउन सक्छ ।

शोधकर्तालाई भन्नुछ— भाइरसको रेप्लिकेशन (आफ्नो संख्या बढाउनु) हुने खतरा विरामीमा पहिलो हप्तामा हुन्छ । विरामीको दोस्रो हप्तामा भाइरस रेप्लिकेशनको स्थिति पाइएन । संक्रमण रोग विशेषज्ञ डा. अशोकका अनुसार— अनुसन्धान अहिले जारी छ र अधिक तथ्यांक ल्याउने कोशिष जारी छ ।

उता साउथ कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका बैज्ञानिकले हालै आफ्नो अनुसन्धानमा यो दावी गरेका छन कि उपचार पछि जो विरामीको रिपोर्ट नेगेटिभ आएको छ उसको कारण शरीरमा भएको कोरोनाभाइरसको मृत कण हुनसक्छ । शोधकर्ताका अनुसार यसले संक्रमण फैल्याउन सक्दैन । यो अनुसन्धान २८५ कोरोना संक्रमित जो उपचारपछि पनि पोजेटिभ पाइएकामा गरिएको थियो ।

शोधकर्ताले २८५ नमूनामा कोरोनाभाइरसको न्यूक्लिक एसिडको पुष्टिको लागि पीसीआर टेस्ट गरेका थिए । जाँचको माध्यमबाट यो कुरा बुझाउने कोशिष गरियो कि दोस्रोपटक पोजेटिभ आएका संक्रमितमा भाइरस जिउँदो छ या कुनै हिस्सा मात्र । अनुसन्धानबाट यो कुरा प्रमाणित भयो कि पुनः पोजेटिभ आउने संक्रमितमा भाइरस संक्रमण फैल्याउन सक्रिय हुँदैन । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत