विशेष

अन्तिम बातचित : ‘ह्वी हेब लस्ट द इन्जिन’ त्यसपछि जहाज टावरसँग ठोक्कियाे

कराची । पाकिस्तानको कराचीमा शुक्रबार दिउसो पाकिस्तान एयरलाइन्स कम्पनी (पीआइए) को जहाज क्र्यास भयो । जहाजमा ९१ यात्री र ८ क्रू सदस्य गरी ९९ जना थिए । जहाज विमानस्थलबाट केहि किलोमिटर पहिले रिहायशी इलाकामा खस्याे । क्र्यास हुनुभन्दा अगाडि पाइलट सज्जाद गुल र एयर ट्राफिक कन्ट्रोलरबीच बातचित भएको थियो ।

यसको अडियो टेप अहिले सार्वजनिक भएको छ । त्यसमा पाइलटले एटीसीसँग भनेको थिए— एयरक्राफ्टको इन्जिन खराब भइसकेको छ । एटीसीले पाइलटलाई भने— एयरपोर्टमा दुई रनवे खाली छ, तर पाइलटले विमानलाई लेण्डिङ्ग गर्न सकेनन् ।

लाहौरबाट उडान भरेको थियो 

लाहौरबाट यो प्लेन नेपाली समयानुसार दिउसो १ः१५ बजे उडेको थियो । २ः४८ बजे विमान २७५ फीटको उचाइमा थियो । यसको केहि मिनेटपछि क्र्यास भयो । पाकिस्तानको वेभसाइट द डनका अनुसार, प्रत्यक्षदर्शी शकील अहमदे भने, ‘सबैभन्दा पहिले एक मोबाइल टावरमा ठोकियो । यसपछि घरमा क्र्यास भयो ।

यस्तो थियो पाइलट र एटीसीको बातचित

विमान क्र्यास हुनुभन्दा ठिक अगाडि पाइलट सज्जाद गुल र एटीसीबीच बातचित भएको थियो ।

पाइलटः सर हामी सिधा आउने कोशिष गरिरहेका छौँ । इन्जिन फेस भइसकेको छ (ह्वी हेब लस्ट द इन्जिन) ।

एटीसीः तपाईं तल झर्ने कोशिष गर्नुहोस् । रनवे तयार छ ।

पाइलटः मे डे (mayday) पाकिस्तान ८३०३ ।

यो पाइलटको अन्तिम शब्द थियो । यसपछि प्लेन क्र्यास भयो ।

के हो मे डे (mayday) ?

कुनै प्लेनको पाइलट वा पानीजहाजको क्याप्टेनले यो शब्द कहिल्यै पनि बोल्न चाहन्न । जब उसले हवाई जहाज वा पानीजहाज बचाउन सक्दैन तब यो शब्द सम्बन्धित एटीसी या कन्ट्रोलसँग पाइलटले गर्दछ । यो अन्तिम दुखद यात्राको लागि यो कललाई मे डे (mayday) भनिएको हो ।

एयरलाइन्सले भन्यो— रनवे खाली थियो, तर प्लेन लेण्ड गर्न सकेन

पीआइए पाकिस्तानको सरकारी एयरलाइन्स कम्पनी हो । यसको चीफ एग्जीक्यूटिभ एयर मार्शल अरशद मलिकले भने, ‘पाइलटले अन्तिम बातचितमा भने कि एयरक्राफ्टमा टेक्निकल फल्ट छ । एटीसीले रनवे खाली रहेको बताए । जुनसुकै हालतमा पनि लेण्ड गर्न सकिन्छ । तर उसले एक चक्कल लगाउने फैसला गर्यो । उसले किन यस्तो गरे ? टेक्निकल फल्ट के थियो ? यसको हामी जाँच गर्नेछौँ ।’

कति उचाइमा थियो प्लेन ?

प्लेन २७५ फीट उचाइमा थियो । तर त्यसपछि माथि गयो । जब यो  ५२५ फीटको उचाइमा थियो तब पाइलट र एटीसीबीच अन्तिम कुराकानी भयो । एभिएशन एक्सपर्ट जफर इकबाल भन्छन्— मलाई शंका छ कि प्लेनको बडीमा नोक्सानी भयो । हुनसक्छ कुनै पंक्षी या कुनै चिज ठोकियो । 

रेस्क्यूमा रहेका टिमका अनुसार अपरेशन पूरा गर्नको लागि दुइदिन पनि लाग्न सक्दछ । कुल १५ घरमा असर गरेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत