स्वास्थ्य

चीनको एउटा गल्तीले कोरोना संसारभर फैलियो

[राष्ट्रिय स्वास्थ्य आयोगले भन्यो- हाम्रो प्रयोगशालाले कोरोनाभाइरसको सुरुवाती विरामीको नमूना नष्ट गरिदिएको थियो]

बेइजिंग । डिसेम्बर २०१९ मा चीनका कयौँ ल्याब्सले कोरोनाका सुरुवाती विरामीको नमूना (सेम्पल) नष्ट गरेका थिए । चीनको राष्ट्रिय आयोगका मेडिकल अफिसर लियू डेनफेंगले यो जानकारी दिएका हुन् । उनले बायोसेफ्टीका कारण यसो गर्नु जरुरी रहेको तर्क दिए ।

उनले भने— देशको कानुन अनुसार कयौँ ल्याब संक्रामक रोगको नमूना सम्हाल्नको लागि तयार छैनन् । यस्तो संक्रामक रोगसँग जोडिएका नमूनाको भण्डारण, अध्ययन र त्यसलाई नष्ट गर्नु सक्त मनाहि गरिएको छ । यसकारण या त त्यसलाई पेशेवर संस्थानलाई सुपुर्दगी गरिन्छ अथवा नष्ट गरिन्छ ।

सुरुवातमा ल्याब्सले यसलाई दोस्रो चरणको निमोनिया मानेको थियो

सुरुवातमा आएका यस्ता मामलालाई दोस्रो श्रेणीको निमोनिया मानेर उपचारको प्रवन्ध गर्ने फैसला लिएका थिए । फेब्रुअरीमा नै सरकारले नमूना लिने ल्याबलाई बिना अनुमति कुनैपनि शोध संस्थान वा उन्नत ल्याब्सलाई नदिने आदेश दिएको थियो । यो अनाधिकृत ल्याब्स नमूना लिएर उनीहरुले आफ्नो स्तरमा नष्ट गरेका थिए या नगरपालिकालाई भण्डारण गर्न पठाउने गर्दथे । 

विशेषज्ञका अनुसार यहिकारण संक्रमण फैलियो

विशेषज्ञका अनुसार यहिकारण संक्रमण ह्वात्तै फैलियो । तर चीनका स्वास्थ्य अधिकारीहरु यो कुरालाई इन्कार गर्दछन् । अर्कोकुरा यो कबूनामामा डेनफेंगले यो अनाधिकृत ल्याब्स र उनले नमूना कसरी लिए यसको जानकारी साझा गरेका छैनन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत