स्वास्थ्य

डब्लूएचओले भन्यो- खुला स्थानमा किटाणुनाशक औषधि छर्किँदा भाइरस मर्दैन, स्वास्थ्य झन खराब हुनसक्छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले किटाणुनाशक औषधि खुला स्थानमा छर्कँदा कोरोनाभाइरस नमर्ने तर मानिसको स्वास्थ्य झन खराब हुनसक्ने चेतावनी दिएको छ ।

उसले भनेको छ— गल्ली र बजारमा किटाणुनाश गर्नको लागि स्प्रे या फ्यूमिगेशनबाट फाइदा यसकारण छैन किनकी धूलो र फोहोरको कारण यो निष्क्रिय हुने गर्दछ । अर्कोकुरा केमिकल स्प्रेबाट सबै सतह ढाक्नुपर्छ भन्नेपनि होइन, यसको असर त्यतिबेला सम्म रहन्छ जबसम्म रोगाणु समाप्त गर्न आवश्यक हुन्छ ।

सिधा कुनै व्यक्तिमा स्प्रे गर्दा गम्भीर रोग

डब्लूएचओका अनुसार कुनै व्यक्तिमा किटाणुनाशक स्प्रे झुक्किएर पनि अनुहारमा गर्नु हुँदैन । यसले शारीरिक र मानसिक नोक्सानी हुनसक्छ । यसो गर्दा संक्रमित व्यक्तिको माध्यमबाट भाइरस फैलनबाट हुने खतरा पनि कम हुँदैन । क्लोरीन र अर्का विषालु केमिकलले मानिसको आँखा र छालासँग जोडिएका समस्याहरु आउन सक्छ । स्वास फेर्नमा समस्या र पेटसँग जोडिएको राेगी बनाउने संभावना हुन्छ ।

 किटाणुनाश भिजेको कपडाले गर्नुपर्दछ 

भित्री क्षेत्रमा पनि स्प्रे वा फ्यूमिगेशन सिधै गर्नु हुँदैन तर यसलाई कपडामा भिजाएर सफाइ भने गर्न हुन्छ । कोरोनाभाइरस अलग अलग वस्तुहरु र कामकाज गरिने स्थानको सतहमा हुन सक्छ । यो कुन सतहमा कतिन्जेल रहनसक्त, यसको बारेमा सटिक जानकारी छैन ।

कोरोनाका ८ भ्याक्सिनको ट्रायल जारी

कोरोनाभाइरसको भ्याक्सिनमा संसारभर काम भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यमा भ्याक्सिन तयार हुने जिकीर गरिरहेका छन् । चीनका स्वास्थ्य अधिकारी झांग वेनहन्गले शनिबार अर्को वर्षको मार्चसम्म भ्याक्सिन आउने बताएका छन् । तर डब्लूएचओको अनुसार संसारभरमा कोरोनाका ८ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ, जबकि ११० भ्याक्सिन डेभलपमेन्टको फरक-फरक चरणमा छन् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत