विश्व

कोरोनाले थिलिएको बेला फेरि नयाँ रोगको आगमन, ३ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहस्यमय रोगका तीन बच्चाको मृत्यु भयो । सोहि प्रकृतिका विरामीहरु ७३ जना देखिएका छन् । ७ राज्यमा अहिलेसम्म १०० केस प्राप्त भएका छन् । यो रोगका विरामीहरुको उमेर २ वर्षदेखि १५ सम्ममा रहेको गभर्नर एन्ड्र्यू क्यूमोले बताएका छन् । उनका अनुसार, रहस्यमय विरामी भएका बच्चाहरुमा स्वाससम्बन्धी लक्षण देखिएको छैन । जुन बच्चाहरुको मृत्यु भयो तिनमा पनि नदेखिएको उनले बताए ।

यो रोगको बारेमा न्यूयोर्क जीनोम सेन्टर र रोकफेलर यूनिर्भसिटी मिलेर अनुसन्धान गरिरहेका छन् । यो रोगका ५० विरामीहरु ब्रिटेन, इटली र फ्रान्समा पनि पाइएको छ ।

चिकित्सकका अनुसार यो रहस्यमयी रोगको विरामीमा छाला र धमनीमा सूजन हुने, आँखामा जलन, शरीरमा धब्बा, छालाको रंग परिवर्तन, लामो समयमसम्म ज्वरो, पेटमा दुखाई, कम रक्तचाप जस्ता समस्या देखिएको बताएका छन् ।

यो रहस्यमयी रोगका विरामीलाई अहिले चिकित्सकहरुले स्टेरोयड, इन्ट्राभेनस इम्युनोग्लोबुलिन र एस्पिरिन जस्ता दवाईहरु चलाएका छन् । एन्टिबायोटिक्स पनि दिइरहेका छन् । केही विरामीलाई अक्सिजन पनि चढाउनु परेको छ । गम्भीर रोगीलाई भेन्टिलेटरमा पनि राखिएको छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार, बच्चामा देखिएको यो रहस्यमयी विरामीको असर यसकारण बढि हुनसक्छ किनकी उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पूर्णतया विकसित भएको छैन । अहिले डाक्टर जेनेटिक टेस्टलाई बढवा दिइरहेका छन् । यसबाट नयाँ खुलासा हुने उनीहरुको विश्वास छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत