स्वास्थ्य

‘ठिक भएका बिरामीमा फेरि परीक्षण पोजेटिभ आउनु रि-इन्फेक्शन होइन, फोक्सोको मरेको कोशिका हुनसक्छ’

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ को संक्रमणलाई लिएर एक महत्वपूर्ण जानकारी साझा गरेको छ । यो शिर्ष संगठनले भनेको छ— कोरोना संक्रमण एकपटक ठिक भइसकेको बिरामीमा दोस्रोपटक पोजेटिभ आउनको पछाडि फोक्सोको मरेको कोशिका जिम्मेदार हुनसक्छ ।

अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले त्यहाँ १०० भन्दा बढि बिरामी पुनः पोजेटिभ भएर अस्पताल भर्ना भएको बताएका थिए । यसपछि चीनमा पनि यस्ता मामला आएका थिए र यो अन्य मुलुकबाट पनि दोस्रोपटक संक्रमण बिरामीमा भित्रिएको बताइएको पनि छ ।

दोस्रोपटक पोजेटिभ आउनु रिकभरी फेज
डब्लूएचओका प्रवक्ताले न्यूज एजेन्सीलाई भने— हामीले यो कुरा पत्ता लगायौँ कि केही बिरामी क्लिनीकली ठिक भएपछि पनि टेस्टमा पोजोटिभ आएका छन् । ताजा आंकडा र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यसको कारण रि-इन्फेक्शन होइन कि बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मरेको कोशिका हो जो संक्रमणको शिकार भएको थियो । हाम्रो हिसावमा यो बिरामीको रिकभरी फेज हो जसमा शरीर आफैँ आफ्नो सफाई शुरु गर्दछ र यसलाई संक्रमण भन्नु सही हुँदैन ।

डेड सेल्स फोक्सोको टुक्रा हो
डब्लूएचओका हेल्थ इमरजेन्सी प्रोग्रामका हिस्सा तथा संक्रामक रोग महामारी विज्ञानी मारिया वान केहोव भन्छिन्— डेड सेल्स (मृत कोशिका) को मामला समझाउँदै भन्छिन्, जस्तै फोक्सो आफैँ ठिक गर्न लाग्छ, तब त्यसको हिस्सा रहेको डेड सेल्स बाहिर आउन थाल्छ । वास्तवमा यो फोक्सोका नै सूक्ष्म अंश हुन्छ जुन नाक या मुखको बाटोबाट निस्कन्छ । यो डेड सेल्स संक्रामक भाइरस होइन, र न यो संक्रमणको रि-इन्फेक्शन हो । वास्तवमा यो स्थिति त उपचार प्रक्रियाको एक हिस्सा हो । तर के यसको कारण बिरामीलाई इम्यूनिटी प्राप्त भयो ? यसको उत्तर अहिले हामीसँग छैन ।

अहिलेपनि स्पष्ट छैन इम्यूनिटी कति ? 
अनुसन्धानमा आएअनुसार नयाँ कोरोनाभाइरसबाट संक्रमित बिरामीमा एक या एक सप्ताहपछि एन्टिबडीज बन्न सुरु हुने गर्दछ र यसपछि संक्रमणको लक्षण कम हुन थाल्छ । तर विशेषज्ञका अनुसार, यो अहिले पनि स्पष्ट छैन कि शरीर भाइरसको नयाँ हमलालाई झेल्नको लागि पर्याप्त मात्रामा इम्यूनिटी पाउँछ । यस बारेमा अहिले धेरै कमलाई थाहा छ कि एकपटक प्राप्त इम्यूनिटी कति दिन टिक्छ !

हरेक भाइरसको लागि इम्यूनिटी अलग
डब्लूएचओका अनुसार, हामी ठिक भएका बिरामीबाट एक व्यवस्थित तरिकाले नमूना छनौट गरिरहेका छौँ र अनुसन्धानपछि यो बुझिन्छ कि नयाँ भाइरसलाई कहिलेसम्म टाढा राख्न सक्छौँ । हामीलाई यो बुझ्नु जरुरी छ कि के उनको टेस्ट पोजेटिभ हुनुको अर्थ यो हो कि अर्कोलाई आफूजस्तै संक्रमित गर्न सकिन्छ ।

पुरानो बिमारीबाट शिक्षा
खसरादेखि सार्ससम्म अलग-अलग भाइरसको लागि मानिसको इम्यूनिटी छुट्टै हुन्छ । यो केही महिनादेखि लिएर उमेरभर हुन सक्छ । यस्तो अवस्थामा अब सम्पूर्ण ध्यान इम्यूनिटीमा छ किनकी पुराना बिरामीबाट हामीले यस्तै शिक्षा लिएका छौँ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत