सेवा

लकडाउनमा पोखरा महानगरपालिका २० का दीर्घरोगीलाई घरमै निःशुल्क औषधी

पोखरा । कोरोना संक्रमणको कारण सरकारले लकडाउनको अवधि लम्ब्याउँदै गएपछि पोखरा महानगरपालिका २० का दीर्घरोगीलाई घरमै निःशुल्क औषधी वितरण गरिएको छ

पोखरा महानगरपालिकाको वडा नम्बर २० ले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने दीर्घ रोगीहरुलाई निशुल्क औषधी वितरण गरेको हो ।

वडाले आफ्नो वडाभित्रका नियमित औषधी  सेवन गर्नुपर्ने दीर्घरोगीहरु (उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मानसिक समस्या, दम तथा थाइराइड) का औषधी खाइरहेका ४ सय ३० जना विरामीको घर घरमा पुगेर औषधी वितरण गरेको हो ।

वडाले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटमा केही बजेट थपि कुल २ लाख ५० हजार खर्चेर उनीहरुलाई घर घरमा पुगी औषधी वितरण गरेको हो । लकडाउनका कारण विकट ग्रामीण भेगमा बसोबास गर्ने विरामीहरु पोखरा आउन समस्या झेल्नुपर्ने कथंकदाचित पोखरा आइहालेपनि नियमित औषधी लिइरहेको ठाउमा औषधी नपाउने समस्या उत्पन्न हुने अवस्था आएपछि वडा अध्यक्ष सिम बहादुर गुरुङको पहलमा वडाले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटबाट लक्षित वर्गका मानिसहरुलाई औषधी वितरण गरेकामा स्थानीयहरु  निकै खुसी देखिन्थे ।  

साविकको मौजा गाविसममा  मात्रै सय भन्दा बढी स्थानियहरु लाई निःशुल्क औषधी वितरण गरिएको थियो ।

त्यस्तै महेन्द्र मावि भलामका पूर्व प्रध्यानाध्यापक रेवती विलास पौडेलले पोखरा महानगर वडा नम्बर २० ले दीर्घ रोगीहरु जसले नियमित औषधी सेवन गर्नेहरुका लागि वडाले घर घरमा औषधी पुर्याउदै गर्दा बल्ल सिंहदरबार घरघरमा आइपुगेको महशुस जनताले गरेको बताउँदै आगामी दिनमा पनि जनताले प्रत्यक्ष महशुस गर्नेगरी स्थानीय तहले काम गर्नुपर्नेमा जोड दिए ।

साविकको मौजा गाविस र भलाम गाविस मिलेर बनेको वडा नम्बर २० मा ४ सय ३० जना निरन्तर औषधी सेवन गर्नेहरुलाई निःशुल्क औषधी वितरण गरिएको छ । 

तपाईँको मत