विश्व

कोरोना पर्ल हार्बरमा भएको हमलाभन्दा ठूलो संकट : डोनाल्ड ट्रम्प

  • एजेन्सी
  • २५ बैशाख बिहीबार, २०७७ | १५:५१:०० मा प्रकाशित

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरलार्य लिएर चीनले फेरी निशाना साँधेको बताएका छन् । उनले भने— कोरोनाभाइरस, पर्ल हार्बरमा भएको हमलाभन्दा ठूलो संकट हो । यो महामारी चीनभन्दा बढि अमेरिकाको दुश्मन हो । जापानले दोस्रो विश्वयुद्धको समय ७ डिसेम्बर १९४१ मा अमेरिकाको नेवी बेस पर्ल हार्बरमा हमला गरेको थियो, जसमा करिब ढाइ हजारको ज्यान गएको थियो । तर, योभन्दा कयौँ गुणा नोक्सनी कोरोनाको कारण भइसकेको छ ।

अहिलेसम्म कोरोनाको कारण अमेरिकामा १२ लाख बढि संक्रमित भएका छन् भने ७५ हजार बढिको मृत्यु भइसकेको छ । यहि कुरालाई लिएर राष्ट्रपति ट्रम्पले चीनमाथि लगातार धावा बोलिरहेका छन् ।
 

एजेन्सी

तपाईँको मत