स्वास्थ्य

‘हामीले कोरोना भ्याक्सिन तयार गर्यौं, यसको एन्टिबडीले शरीरमै भाइरस मारिरहेको छ’

इजरायलका रक्षामन्त्रीको दावी

यरुसलम । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका छन् । उनका अनुसार— इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले भ्याक्सिन तयार गर्नमा सफलता हासिल गरेको छ । यो महामारीसँग लड्न मिललाई पत्थर सावित हुनेछ । बेनेट सोमबार इन्टिच्यूट पूगेका थिए ।

रक्षामन्त्री बेनेटले भने— आईआईबीआरका शोधकर्ताले कोरोनाको एन्टिबडी विकसित गरेका हुन् । यो एन्टिबडी मोनोक्लोनल तरिकाबाट भाइरसमाथि हमला गर्दछ र त्यसलाई शरीरभित्रै मार्नमा सक्षम छ । भ्याक्सिन विकासको चरण अब पूरा भएको छ ।

मानवमा परीक्षण भयो या भएन, स्पष्ट छैन

बेनेटले भने— एन्टिबडी फर्मूलाको पेटेन्ट गरिँदैछ । यसपछि अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक स्तरमा यसको उत्पादनको लागि सम्पर्क गरिनेछ । हामीलाई यो सफलताको लागि इन्टिच्यूटका कर्मचारीप्रति गर्व छ । तर उनले यो स्पष्ट बताएनन् कि भ्याक्सिनको परीक्षण मानवमा भयो कि भएन भनेर ।

इजरायलमा कोरोनाबाट २३७ जनाको मृत्यु

इजरायल ति देशहरुमध्ये एक हो जसले कोरोनाभाइरससँग लड्नको लागि सुरुमै सीमा सिल गरेको थियो । साथै देशमा कडा प्रतिवन्ध लगाएको थियो । त्यहाँ अहिलेसम्म १६ हजार २६८ संक्रमित छन भने २३७ को मृत्यु भएको छ । इजरायलको कुल जनसँख्या ८६,३४,६६१ रहेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत