विश्व

‘शाङ्घाईका प्राध्यापकले भाइरसको बारेमा बताएपछि भोलिपल्टै उनको ल्याब बन्द गरियो’

वाशिंगटन । चीनले कोरोनाभाइरसको संक्रमणसँग गलत तरिकाले मात्र जुधेन, उसले जानकारी पनि लुकाएको दावी अमेरिकाले गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कैले मैकएनानीले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि आरोप लगाएको विषयमा उनले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘म राष्ट्रपति चीनसँग रिसाउनुभएको कुरामा सहमत छु । यो कुरा कसैमा लूकेको छैन कि चीनको यो रोगसँग जुध्ने तरिका गलत थियो । शाङ्घाईका एक प्रोफेसरले जब यो भाइरसको जेनेटिक सिक्वेन्सको खुलासा गरेनन, तबसम्म चीनले यसको बारेमा बताएन । यो खुलासाको एकदिन पछि नै चीनले ल्याब बन्द गर्यो, ताकि प्रोफेसरको बयानलाई बदल्न नसकियोस् ।’

मैकएनानीले चीनले संक्रमण मानिसदेखि मानिसमा फैलन जानकारी दिनमा ढिला गरेको बताइन् । साथै चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई पनि यो बारेमा नबताएको भनिन् । उनले भनिन्, ‘संक्रमणको बारेमा पत्ता लगाउने महत्वपूर्ण समयमा अमेरिकाका जाँचकर्तालाई त्यहाँ जाने इजाजत दिएनन् । यहि कारण हामी चीनसँग रिसाएका छौँ ।’

मैकएनानीले अहिलेपनि चीनले गलत सूचना दिइरहेको भन्दै आंकलनबाट राष्ट्रपतिको बयान अर्का विश्लेषकको तर्कसँग मेल खाएको बताइन् । केही विश्लेषकको वयान अनुसार कोरोना वुहानको ल्याबमा बनाइएको हो । ट्रम्पले बिहिबार भनेका थिए कि भाइरसको वुहान इन्स्टिच्यूट अफ बायोलोजीसँग कनेक्शन छ । यसको हामीसँग प्रमाण छ ।

उनले भनिन्— कुनैपनि यस्तो जानकारी छैन जुन चीन अमेरिकासम्म पुग्नबाट रोकिन सक्छ । हाम्रो लागि यो महत्वपूर्ण थियो कि चीनमा फैलिएको संक्रमणको बारेमा छिटो जानकारी मिलोस, तर यस्तो भएन । जहाँसम्म डब्लूएचओको कुरा छ यसमा केही यस्ता प्रश्न छन जसको जवाफ प्राप्त हुन बाँकी छ । यो सही हो कि अमेरिका चीनको तुलनामा डब्लूएचओलाई बढि मद्धत गर्दछ । हरेक वर्ष ४०० मिलियन डलर भन्दा बढी सहयोग गर्छ, जबकि चीन केवल ४० मिलियन मात्र मद्धत गर्दछ । यो स्पष्ट छ कि यो मामलामा डब्लूएचओले पक्षपात गर्यो । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत