स्वास्थ्य

कोभिड-१९ बाट निको हुनेको संख्या सातलाख नजिक, एकलाख ७७ हजार बढीको मृत्यु

काठमाडौँ । दुइसय १२ मुलुक तथा भूभागमा फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एकलाख ७७ हजार ६ सय ४९ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका कारण संक्रमितको संख्या २५ लाख ५६ हजार नौसय ९ र निको भएर घर फर्कनेको संख्या छलाख ९० हजार ३ सय ९४ पुगेको छ ।

भाइरसबाट सबैभन्दा बढी अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायत प्रताडित छन् । अमेरिकामा मात्रै ४५ हजार बढीको ज्यान गइसकेको छ ।

नेपालमा पनि संक्रमितको संख्या ४२ पुगेको छ र निको हुनेको संख्या ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत