प्रेरणा

द्रौपदी चीरहरणको समयमा एक्लै कौरव जसले गरेका थिए दुर्योधन र दुशासनको विरोध

काठमाडौँ । महाभारतको कथा तपाईंले कयौँपटक सुन्नु वा देख्नु भएकै होला । तर धृतराष्ट्र र गांधारीका १०० पुत्रमध्ये तपाईंले धेरै दुर्योधन र दुशासनको कुरामात्र सुन्नु भएको होला । के तपाईंलाई थाहा छ, १०० कौरवमध्ये एक कौरव यस्ता थिए जसले आजीवन धर्मको साथ दिए । यी कौरवको नाम हो— विकर्ण ।

द्रौपदी चीरहरणको समयमा पनि विकर्णले दुर्योधन र दुशासनको कृत्यको निन्दा गरे र यो पुरा घटनाको विरोध गरेका थिए । जब युधिष्टिरले जुवामा द्रौपदीलाई हराए तब विकर्णले उनलाई सभामा ल्याउन लागेको प्रति विरोध गरेका थिए ।

जुन सभामा द्रौपदीको अपमान भयो त्यहाँ धृतराष्ट्र, भीष्म, द्रोणाचार्य, कुलगुरु कृपाचार्य जस्ता महारथी थिए । तर उनीहरु चुपचाप बसे । यो दुष्कृत्यको विरोध गरेनन् । एक्लै विकर्ण थिए जसले विरोध गरेका थिए, दुर्योधन र दुशासनको आलोचना गरेका थिए ।

आफ्नो भाई दुर्योधनको विरोधी भएका कारण विकर्णले भाईको धर्म निभाउँदै कौरव सेनाको साथ दिए । युद्धको समयमा पाण्डवको सामना विकर्णसँग भयो तर उनी लड्न चाहँदैनथिए । कुरुक्षेत्रको रणभूमिमा जब भीमको सामना विकर्णसँग भयो तब भीमले भने— तिमीसँग लड्न चाहन्न । विकर्णले भने— म जान्दछन कि कौरवको हार हुन्छ, म कर्तव्य निभाउनको लागि वाध्य छु । विकर्णले भने— द्रौपदीको अपमानको समय सभामा मलाई जे गर्नुथियो मैले गरेँ, यहाँ रणभूमिमा जो मलाई गर्नुछ त्यो गरिरहेको छु ।

भीम र विकर्णबीच युद्ध भयो जसमा भीम विजयी भए । भीमले वाध्य भएर विकर्णको वध गर्नु पर्यो ।

कयौँ मानिस विकर्णको तुलना रामायणको पात्र कुंभकर्णसँग गर्दछन् । कुंभकर्ण र विकर्ण दुबै जान्दथे कि उनीहरुका भाइहरु गलत छन तर ठूलो भाईको निर्देशन पालना गर्दै उनिहरुले अधर्मको साथ दिए ।

 

गाउँ सहर डेस्क

तपाईँको मत