स्वास्थ्य

अमेरिकाको साना शहर र गाउँमा फैलियो कोरोना, सेप्टेम्बरसम्म २२ लाखको मृत्यु हुनसक्ने

डोनाल्ड जी मैक्नील जुनियर । कोरोनाभाइरसको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । यहाँ कोरोनाबाट ७ लाख बढी संक्रमित छन भने ३९ हजारको मृत्यु भइसकेको छ । विज्ञले चेतावनी दिएका छन कि यो स्थिति अझ विग्रन सक्छ । किनकी, अमेरिकाको ठूला शहरबाट फैलिरहेको भाइरस अब साना इलाका र गाउँमा पुगिसक्यो ।

यो अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा आम जनजीवन सामान्य गर्नको लागि गाइडलाइन जारी गरेका छन् । राष्ट्रपतिले अनुमान लगाए कि योभन्दा पहिल्यै सबैकुरा सामान्य हुन सक्नेछ । तर यो स्पष्ट छैन कि यो संकटले कहाँ लैजान्छ ।

ट्रम्पको बयानपछि दुइदर्जन भन्दा बढी विज्ञले अमेरिकाको सरलता जब एकपटक फेरि उत्पादनमा लाग्नेछ तब यो बोझ कम हुन सक्नेछ । उनीहरुले भने— सावधानी, ठूलो स्तरमा परीक्षण, निगरानी र स्वास्थ्यकर्मीको लागि पर्याप्त साधन प्रभावकारी हुनेछ । तर अहिले पछिल्लो वर्षको लागि अनुमान लगाउन असंभव छ ।

पब्लिक हेल्थ, मेडिसिन, इपिडेमियोलोजी तथा हिस्ट्रीका एक्सपर्टसले अन्तर्वार्तामा भविश्यको कुरा गरे । वेन्डरबिल्ट यूनिर्भसिटी मेडिकल स्कूलमा प्रिवेन्टिभ मेडिसिन स्पेशलिस्ट डाक्टर विलियम शैफनरका अनुसार— मलाई आशा छ कि यो भाइरस गर्मीमा केही कम हुन सक्छ र व्याक्सिन एक फौजजस्तै आउनेछ । तर म आफ्नो यो आशावादी व्यवहारलाई रोक्ने कोशिष गरिरहेको छु । तर कयौँ विज्ञले यो कुरा भनिसके कि जसरी यो संकट समाप्त हुन्छ, आर्थिक व्यवस्था फेरि ठिक हुन थाल्नेछ । तर तबसम्म यो पीडाबाट बच्ने कुनै उपाय छैन । यो भाइरस कहिले समाप्त हुन्छ यो मेडिकलसँगै हाम्रो व्यवहारमा निर्भर रहन्छ । यदी हामी आफैं र नजिककालाई बचाउन सके हामी बढी मानिस बाँच्न सक्नेछौँ । तर यदी हामीले यो भाइरसलाई हल्कारुपमा लियौँभने यसले हामीलाई खोज्नेछ ।

आंकडाभन्दा बढी मृत्यु भइरहेको छ

कोरोनाभाइरसले अमेरिकामा सबैभन्दा बढी ज्यान लिइरहेको छ । एक अनुमानका अनुसार ७ अप्रिलपछि हेरक दिन १८०० अमेरिकीको मृत्यु भइरहेको छ । तर सरकारी आंकडा अहिलेपनि स्पष्ट छैन । किनकी अमेरिकामा मुटुका विरामीहरु दिनमा १७७४ र क्यान्सरबाट १६१४ को मृत्यु हुने गर्दछ ।

यूनिर्भसिटी अफ वाशिङ्गटन फर हेल्थ मेट्रिक्स एण्ड मोडलको अनुमान अनुसार, गर्मीको मध्यसम्म एकलाख देखि २ लाख ४० हजार हुनुपर्थ्याे । तर अहिले यो आंकडा ६० हजार छ । अहिलेसम्मको सफलताको कारण शटडाउन छ । तर यसले जहिल्यैलाई जारी राख्न सक्दैन ।

इन्टिच्यूटको आंकलन चार अगष्टसम्मको लागि छ । उसको मोडल अनुसार बिना भ्याक्सिन यो महामारीलाई नियन्त्रण गर्न मश्किल छ ।

इम्पिरियल कलेज लण्डनका शोधकर्ताको एक मोडल अनुसार, अमेरिकामा सेप्टेम्बरसम्म २२ लाखको हाराहारीमा मृत्यु हुन सक्छ । तुलना गर्ने हो भने दोस्रो विश्वयुद्धमा ४ लाख २० हजार अमेरिकी मारिएका थिए ।

चीनमा अहिलेसम्म ८३ हजारमा संक्रमण देखिएको र ४६३२ जनाको मृत्यु भइसकेको छ । ट्रम्प सरकारले यो आंकडामा प्रश्न उठाएका थिए तर आफैँले सहि आंकडा तयार गरेका थिएनन् । विरामीको संख्या बढी भएका कारण मामलाको जाँच नै गरेनन् । यदी तपाईंलाई संक्रमितको बारेमा जानकारी छैन भने भाइरस कति खतरनाक छ थाहा हुन्न ।

विस्तारै हट्नेछ लकडाउन

१९ मार्चमा प्रकाशित लेख कोरोनाभाइरसः द ह्यूमर एण्ड द डान्समा थोमर पुएयोले नेशनल लकाडाउनको बारेमा सटिक अनुमान लगाएका छन् । उनले लकडाउनलाई ह्यूमर भने र फेरि सुरु हुने इकोनोमी, स्कूल, फैक्ट्रीलाई डान्स बताएका थिए । अहिले अमेरिकामा संक्रमितको सटीक आंकडा कोहिसँग छैन । यो कुल संक्रमितको ३ देखि १० प्रतिशतसम्म हुन सक्छ । विज्ञका अनुसार, जति पूर्ण पावन्दी हुन्छ उति मृत्यु कम हुन्छ । धेरै मोडल्स टेम्प्रेचर चेक, टेस्टिंग र कन्टेक्ट ट्रेसिंगको कुरा गरिरहेका छन् ।

बिहिबार जारी ट्रम्प गाइडलाइनका अनुसार तीन लेभलको सोसियल डिस्टेन्सिङ्ग गरिनेछ र असुरक्षित मानिसलाई घरमा बस्नको लागि आग्रह गरिनेछ । यो योजनामा टेस्टिंग, आइशोलेशन र ट्रेकिंग छन्, तर यो बताइएको छैन कि यो उपाय लागू गर्नको लागि कति समय लाग्नेछ भनेर ।

चीनले वुहान, नाजिङ्ग र अर्को शहरलाई दोस्रोपटक खोल्ने अनुमति तबसम्म दिएन, जबसम्म १४ दिनभित्र कुनैपनि रोगीको आंकडा शुन्य भएन । चीनमा जहाँ १०० संक्रमणको मामला दैनिक आएका कारण फेरि फिल्महल, थिएटर र सिंगापुरमा सबै स्कूल र गैर जरुरी स्थान बन्द गरेको छ । जापानमा आपतकालको घोषणा गरिएको छ ।

सीडीसीका पूर्व निर्देशक डा. थोमस आर फ्रिडनले आफ्नो प्रकाशनमा इकोनोमीलाई फेरी सुचारु गर्ने बताएका छन् । उनी भन्छन्— बाँधिएको गेट एकैपटक खोल्न दिनुको साटो विस्तारै खोल्नु पर्दछ ।

इम्युनिटीको प्रमाण देउ सरकार

कोरोनाभाइरस जितेकाहरुसँग इम्युनिटी हुन्छ । तर केही मानिस अहिलेपनि असुरक्षित छ । डब्लूएचओका डा. डेविड नाबरो भन्छन्— एन्टिबडी भएका मानिस घुम्न सक्छन, काम गर्न सक्छन् । अर्कोतिर भेदभाव गरिन्छ । पहिलेबाट नै इम्युनिटी भएका व्यक्तिको माग बढी छ । उनीहरुलाई एन्टिबडीजको लागि रक्तदान गर्नको लागि भनिरहेका छन् ।

जर्जटाउन ल स्कूलमा पेन्डामिक एक्सपर्ट डा. डेनियल लूसीका अनुसार, सरकारले चाँडै इम्यून भएका मानिस प्रमाणीत गर्ने तरिका तयार गर्नु पर्दछ । विज्ञका अनुसार— जसले जति बढी इम्युनिटी भएका मानिस काम गर्दछन त्यतिनै इकोनोमी रिकभर हुनेछ । तर धेरै मानिस एकसाथ संक्रमित भए लकडाउन जरुरी हुन्छ । यसबाट बच्नको लागि परीक्षण जरुरी छ ।

चीनमा डब्लूएचओको टीमको नेतृत्व गर्ने डा. ब्रूस एलवार्ड भन्छन्— मलाई कुनै एकचिज छान्न भनिएमा म आइसोलेशन छान्छु ।

विज्ञ भन्छन्— भाइरसको रोकथामको लागि कन्टेक्टस टेस्टिंग जरुरी छ । 

भ्याक्सिनको लागि लाग्नेछ समय

विज्ञका अनुसार, कोरोनाभाइरसको भ्याक्सिन तयार हुन समय लाग्नेछ । भर्खर ट्रायल भएकोले १२ महिनादेखि १८ महिनासम्म खोप बन्न लाग्नेछ । किनकी यसको क्लिनीकल ट्रायल्समा समय लाग्नेछ । 

भ्याक्सिनेशन छैन उपचारमा जोड

भ्याक्सिन नभएको यो समयमा उपचारमा जोड दिइएको छ । विज्ञका अनुसार विरामीबाट तंग्रिएकाको रगत लिइन्छ र निकालिएको रगतबाट एन्टिबडीज छोडेर सबै हटाइन्छ अनि पछि इन्जेक्शनको माध्यमबाट विरामीलाई दिइन्छ ।

कोरोना जित्नेको संख्या कम छ । भ्याक्सिनेशन भन्दा पहिले एन्टिबडीजलाई घोडा र भेडामा तयार गरिन्थ्यो । तर यो प्रक्रियामा जनावरको प्रोटीनको कारण एलर्जिक रियाक्शनले स्थान लिन्थ्यो । न्यूयोर्क टाइम्सबाट
 

गाउँ सहर डेस्क

तपाईँको मत