गाउँ सहर

कोरोनाः लकडाउन जति ढिला त्यति बढी संक्रमण, यी देश जहाँ पूर्ण लकडाउन छैन

काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वका प्रायः देशहरु लकडाउनमा छन् किनकी औषधि अथवा भ्याक्सिन छैन । यसको लागि संक्रमण नफैलियोस भनेर अधिकांशत देशहरुले लकडाउन गरेका छन् ।

लकडाउन दिगो उपचार होइन भन्ने सबैलाई थाहा छ तरपनि लकडाउन लम्ब्याउनुको विकल्प देशहरुसँग अहिलेसम्म छैन । जहाँ लकडाउन गरिएको छैन त्यहाँ मृत्युदर र संक्रमित व्यक्तिको संख्या ह्वात्तै बढेको छ ।

अमेरिका जहाँ पूर्ण लकडाउन छैन तर हेर्नुहोस त अहिलेसम्म मृतकको संख्या ३७ हजार नाघेको छ भने संक्रमित संख्यापनि ७ लाख नाघिसकेका छन् ।

चीनमा पनि पूर्ण लकडाउन छैन, तर विश्वलाई उसले औषधि र उपकरण दिइरहेको छ । अहिलेसम्म त्यहाँ ४६ सयको मृत्यु भएको छ भने संक्रमित व्यक्तिहरु ८२ हजार माथि छन् । 

यस्तै तुर्कीमा पनि पूर्ण लकडाउन छैन जहाँ १५ सय बढीको मृत्यु भइसकेको छ भने ७० हजार बढी संक्रमित छन् ।

यस्तै इटली, स्पेन, फ्रान्स, बेलायत, ईरान, बेल्जियम र जर्मनी लकडाउन भएरपनि मृत्यु थामिएको छैन र संक्रमणपनि फैलनेक्रम रोकिएको छैन । यसलाई लकडाउनको प्रभाव नपरेको भन्ने की के भन्ने ?
 

गाउँ सहर डेस्क

तपाईँको मत