स्वास्थ्य

रुघाखोकीबाट सुरु भएको संक्रमण खुट्टासम्म पुग्यो, बहुरुपी कोरोनाभाइरस

काठमाडाैँ । सामान्य खुट्टामा देखिने चक्लेटी रंगको घाउपनि कोरोना संक्रमणको एक लक्षण हो । यो दावी इटली र स्पेनका विशेषज्ञले गरेका हुन् ।

स्पेन र इटलीमा यस्ता मानिसहरु पनि कोरोना पोजेटिभ पाइएका छन जसको औँलामा गहिरो घाउ थियो, यो लक्षण खासगरी बच्चा र किशोरमा देखियो । संसारमा जसरी कोरोनाभाइरसको संक्रमण बढिरहेको छ त्यसरी नै लक्षणमा पनि रुप परिवर्तन आइरहेको छ । विभिन्न देशहरुमा भएको अध्ययनका अनुसार पछिल्लो ४ महिनामा कोरोनाको १५ भन्दा बढी लक्षण देखिएको छ ।

महत्वपूर्ण कुरा यो छ कि यस्तो मामलाको संख्या बढिरहेको छ जसमा कोरोनाको आम लक्षण देखिएको छैन जस्तै रुघाखोकी, मांशपेशी दुख्ने, श्वास फेर्नमा कठिनाई आदि । संक्रमणको सुरुवातमा नै यस्तो परिवर्तन देखिइरहेको छ जसले मानिसहरु रोगको संक्रमण र इशारा बुझिरहेका छैनन् । जस्तो गन्ध महशुष नहुनु, टाउको दुख्ने, पेटमा दुखाई, मस्तिस्कमा रगत जम्नु आदि । 

विशेषज्ञका अनुसार संक्रमणको कुन कुन लक्षण देखिँदा सचेत हुने ?

घटना—१ः पहिले खुट्टामा खैरो रंगको घाउ अनि शरीरमा चिलाउने
इटलीमा कोरोना संक्रमणको सुरुवातमा १३ वर्षको बच्चामा खुट्टामा खैरो रंगको घाउ जस्तो देखियो । घाउ बढेपछि उनलाई ८ मार्चमा अस्पताल लगियो । दुइदिन पछि ज्वरो, टाउको दुख्ने, शरीरमा चिलाउने, घाउमा पोल्ने, मांशपेशिमा दुखाइ जस्ता लक्षण देखियो । इटलीमा कोरोनाको पहिलो मामला आएको पाँच हप्तापछि एक रिपोर्ट जारी गरियो । जसमा बताइएको थियो कि हस्पिटलमा हरेक पाँचमा एक बच्चाको छालामा अलग किसिमको परिवर्तन देखिइरहेको छ ।

स्पेनिश जनरल काउन्सिल अफ पोडियाट्रिस्ट कलेजमा ७५०० प्रोफेशनल्स छन् । यिनले यस्तो डेटा तयार गरेका छन जसमा ति बच्चा थिए जसको खुट्टामा घाउ भएको थियो । उनीहरुको अध्ययन गरियो । काउन्सिलले गरेको रिपोर्टबाट यस्तो मामला स्पेन र फ्रान्समा कोरोनासँग संक्रमित विरामीमा पाइएको छ, यसमा सबैभन्दा धेरै बच्चाको छ ।

घटना—२ः फूड पोइजनिङ्गबाट संक्रमण
चीनबाट प्राप्त तथ्याँक अनुसार ५० प्रतिशत कोरोना विरामीमा पेटमा दुखाइ, भोमिट र डायरिया जस्ता लक्षण देखिएको छ । अमेरिकान जर्नल अफ गोस्ट्रोएन्टोलोजीमा प्रकाशित शोधका अनुसार, चीनको हुबेई प्रान्तमा कोरोनाका २०४ विरामीमा भएको अध्ययनमा यसको पुष्टि भएको छ । द सनको एक रिपोर्टमा लण्डनका बलहम शहर निवासी इस्ला हसलमले आफ्नो अनुभव साझा गरेका छन् । इस्लाले भने— जब उनी भाइरससँग लडिरहेकी थिइन तब पेटमा अचम्मको दुखाइ महशुष भयो, यो संक्रमणको पहिलो लक्षण थियो । एकदिन विहान उठ्दा फूड पोइजनिङ्ग भयो । केहिघण्टा पछि गलामा सूजन र श्वास फेर्न गाह्रो भयो । रातिसम्म नाक पूरै बन्द थियो, शरीर भारी भएको थियो भने ज्वरो बढिरहेको थियो ।

घटना—३ः दक्षिण कोरियामा गन्ध र स्वाद थाहानपाउनु सुरुवाति लक्षण
गन्ध वा वासना थाहा नपाउनु, स्वाद थाहा नपाउनु पनि कोरोना संक्रमणको सुरुवाति लक्षण हो । ब्रिटिश रायनोलोजिकल सोसाइटीका प्रेसिडेन्ट निर्मल कुमारका अनुसार, दक्षिण कोरिया, चीन र इटलीमा कोरोना पीडितमा यसको पुष्टि भएको छ । रिसर्च रिपोर्टका अनुसार, दक्षिण कोरियामा ३० प्रतिशत कोरोना विरामीमा गन्ध र स्वाद थाहा नपाउने लक्षण थियो । ज्वरो, घाँटी खसखस र श्वास फेर्न गाह्रोसँगै यो मुख्य लक्षण हो जुन संक्रमण पहिचान गर्न मद्यतकारी सावित हुन सक्छ । यस्तै रिपोर्ट अमेरिकन एकाडेमी अफ ओन्टोलेरेंगोलोजीले पनि हालै जारी गरेको छ । उसका अनुसार— यस्तो लक्षण देखिएमा डाक्टरको सल्लाह लिनु पर्दछ ।

घटना—४ः बोल्दाबोल्दै रोकिनु र नामसम्म बताउन पाएनन विरामीले
अमेरिकाको मिशिगनमा करिब ५० वर्षको एक महिला एयरलाइनकर्मीमा कोरोना संक्रमण भयो । उनलाई आफ्नो नामपनि थाहा भएन, उनले डाक्टरसँग टाउको दुख्ने समस्या बताइन् । धेरै मुश्किलले उनले आफ्नो नाम बताउन सकिन् । जब ब्रेन स्केनिङ्ग भयो तब उनको मस्तिस्कको कयौँ भागमा फरक तरिकाको सूजन थियो । मस्तिस्कको एक भागमा केही कोशिका खराब भएको थियो । इटली ब्रेसिका यूनिभर्सिटीसँग जोडिएका डा. एलेसेंड्रो पेडोवानीका अनुसार— कोरोनाका विरामीमा यस्तो परिवर्तन इटली र संसारका अन्य भागमा डाक्टरले नोटिस गरे । यसमा ब्रेन स्ट्रोक, टाउको दुख्ने, एन्सेफेलाइटिसको लक्षण, मस्तिस्कमा रगत जम्नु, शुन्य हुनु जस्ता लक्षण समावेस छन् । केही मामलामा कोरोनाको विरामीमा ज्वरो र श्वास फेर्न कठिनाइ जस्ता लक्षण पनि देखिन्छन् ।

परिवर्तित कोरोना लक्षण
कोरोना महामारीको सुरुवातमा विश्व स्वास्थ्य संगठन र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसको लक्षणमा सचेतना जारी गरेका थिए । जसमा ज्वरो, श्वास फेर्न समस्या, घाँटी खसखस, टाउको दुख्ने, अनुवार वा ओठ निलो हुने संक्रमणको लक्षण थियो । तर पछिल्लो ४ महिनामा धेरै केश आए जसमा कयौँ अन्य लक्षण देखिए जसलाई बुझ्नु जरुरी छ । अहिले पेटमा दुखाई, गन्ध महशुष नहुनु, स्वाद पत्ता नलाग्नु, टाउको दुखिरहनु, खैरो घाउ हुनु जस्ता लक्षणहरु देखिएका छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत