विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पले भने— कोरोनाको सबैभन्दा दुखद समय संभवत सकियो

  • एजेन्सी
  • ४ बैशाख बिहीबार, २०७७ | १३:२९:०० मा प्रकाशित

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट सबैभन्दा दुखद समय संभवत सकिएको बताएका छन् । 

बुधबार राष्ट्रपति ट्रम्पले कोरोनाको दुःख संभवत सकिएको बताएका हुन् ।

उनले कोरोनाविरुद्ध आक्रमक रणनीति कम गरिरहेको र लडाइँ जारी रहेको बताए । तर पछिल्लो आंकडा बढ्दैगर्दा राष्ट्रिय स्तरमा नयाँ मामला धेरै पुगिसकेको छ । उनले आज अर्थव्यवस्था पुनः सञ्चालन गर्नको लागि नयाँ गाइडलाइन्सको घोषणा गर्नेछन् ।

हिजोमात्रै राष्ट्रपति ट्रम्पले डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्ने बताएसँगै उनको चर्काे आलोचना भएको थियो । 

भाइरसका कारण अमेरिकामा अहिलेसम्म २८,५५४ जनाको ज्यान गएको छ भने ६,४४,५४८ जना संक्रमित भएका छन् ।
 

एजेन्सी

तपाईँको मत