स्वास्थ्य

वैश्विक शाेकभित्र फर्किएको खुसी : कोरोनालाई हराउँदै निकोहुने ५ लाख नाघे

काठमाडौँ । कोरोनाभाइरस अहिले २ सय १२ देश तथा भूभागमा फैलिएको छ जसबाट अहिलेसम्म एकलाख ३४ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । 

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार २० लाख ८३ हजार २ सय ९७ मा संक्रमण पुगेको तर रोगबाट निको भएर ५ लाख १० हजार ३ सय ३६ जना घर फर्केको दुःखभित्र लुकेको खुसी आएको छ ।

कुल संक्रमितमध्ये १३ लाख ८७ हजार २ सय ८ को अवस्था मध्यम छ भने ५१ हजार एकसय ४२ को अवस्था गम्भीर बताइको छ ।

भाइरसले अमेरिका अत्यन्तै प्रताडित बनेको छ । त्यहाँ अहिलेसम्म २८ हजार ५ सय २९ जनाले ज्यान गुमाएका छन भने संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । यस्तै बढी प्रताडित अर्को मुलुक इटली सय ४५ को मृत्यु र एकलाख ६५ हजार एकसय ५५ जनामा संक्रमण पुगेको छ ।

यसरीनै स्पेनमा मृत्यु १८ हजार ८ सय १२ छ भने संक्रमित संख्या एकला ८० हजार ६ सय ५९ पुगेको छ । यस्तै फ्रान्समा १७ हजार एकसय ६७ जनाको मृत्यु र एकलाख ४७ हजार ८ सय ६३ मा संक्रमण छ ।

अर्को बढी चपेटामा परेको बेलायतमा मृत्यु १२ हजार ८ सय ६८ छ भने संक्रमित संख्या ९८ हजार ४ सय ७६ छ ।

छिमेकी मुलुक भारतमा ४ सय २२ जनाकाे मृत्यु भएकाे छ भने १२ हजार ३ सय ७० मा संक्रमण पुगेकाे छ ।

नेपलामा पनि संक्रमितकाे संख्या १६ पुगेकाे छ, मृत्युभने छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत