विश्व

वुहानबाट हट्यो लकडाउन, पछिल्लो २४ घण्टामा कोरोनाबाट मृतक छैनन्

बेइजिङ्ग । जहाँबाट कोरोनाभाइरस सुरु भएको थियो, लगभग अहिले संक्रमण समाप्त भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणको कारण कुनैपनि मृत्यु भएको छैन ।

यहाँ जनवरीबाट फैलिएको थियो । त्यससमयबाट यो पहिलो मौका हो जब एक दिनमा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । यसको साथसाथै वुहानमा लकडाउन हटेको छ । चीनमा केवल वुहानमात्र लकडाउनमा थियो ।

लकडाउन हटेपछि बजारमा चहलपहल र भिड बढेको छ । वुहानमा पछिल्लो १४ दिनमा २ मात्र मामला आएका थिए । २३ जनवरीबाट शहर लकडाउनमा थियो ।

मंगलबार चीनको नेशनल हेल्थ कमिशनले भन्यो— सोमबार कुल ३२ नयाँ केश आएका थिए । यी सबै अर्को देशबाट आएका थिए । चीनमा जनवरीबाट कोरोनाभाइरसको प्रकोप सुरु भएको थियो । मार्चको अन्त्यदेखि संक्रमणको कमी हुन थालेको थियो । 

चीनमा अहिलेसम्म ३,३३३ जनाको मृत्यु भएको छ भने ८१,८०२ जना संक्रमित छन् । नयाँ केश ६२ मात्र छन् । 

तर भाइरसका कारण विश्वमा ८२ हजार बढीको मृत्यु भइसकेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत