स्वास्थ्य

कोभिड-१९ : १४,३१,६८९ संक्रमित, ८२,०७४ को मृत्यु, ३,०२,१४२ डिस्चार्ज

काठमाडौँ । २०९ देश र २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरसले अहिलेसम्म ८२,०७४ जनाको ज्यान लिएको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वमा अहिलेसम्म १४,३१,६८९ संक्रमित भएका छन भने निको भएर घर फर्कनेको संख्या ३,०२,१४२ पुगेको छ । 

भाइरसको संक्रमण सबैभन्दा बढी अहिले अमेरिकामा देखिएको छ । अहिलेसम्म ४,००,४१२ जना संक्रमित भएका छन भने १२,८५४ जनाको मृत्यु भइसकेको छ ।

तर मृतकको संख्यामा हेर्ने हो भने इटली, स्पेन र फ्रान्स बढी चपेटामा छन् । त्यहाँ क्रमशः इटलीमा १७,१२७ मृत्यु, १,३५,५८६ संक्रमित छन् । यस्तै स्पेनमा १४,०४५ मृत्यु र १,४१,९४२ संक्रमित छन भने फ्रान्समा १०,३२८ को मृत्यु भएको छ भने संक्रमितको संख्या १,०९,०६९ पुगेको छ ।

भाइरसको चपेटामा थप बेलायत, चीन, इरान, जर्मनी, नेदरल्याण्ड, बेल्जियम बढी चपेटामा परेका छन् ।

उता भारतमा १६० जनाको मृत्यु भइसकेको छ भने ५,३५१ जना संक्रमित छन् । नेपालमा २,१२२ को परीक्षण गरिएको छ जसभित्र जम्मा ९ जना पोजेटिभ पाइएको छ । यसमध्ये एकजना निको भएका हुन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत