पूर्वाधार

कोभिड-१९ :  मृतकको संख्या ६९ हजार नाघ्यो, निको हुने दुईलाख ६२ हजार बढी

A coronavirus funeral in Italy. Photo : euractiv

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या दिनकै बढिरहेको छ । अहिलेसम्म मृतकको संख्या ६९,४५१ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसको अहिलेसम्मको जानकारी अनुसार भाइरस २०८ देश र दुई अन्तर्राष्ट्रिय ढुवानीमा फैलिसकेको छ भने अहिलेसम्म संक्रमितको संख्या १२,७३,५०४ पुगेका छन् । यस्तै भाइरसलाई जित्नेको संख्यापनि बढेर २,६२,३५१ पुगेको, संक्रमितमध्ये ५ प्रतिशत अर्थात ४५,५९२ जनाको अवस्था गम्भीर रहेको इन्फोले जनाएको छ ।

भाइरसले सबैभन्दा संक्रमित देश अमेरिका भएको छ । अहिलेसम्म ३,३६,६७३ संक्रमित भएका छन् । अहिलेसम्म मृतकको संख्या त्यहाँ ९,६१६ पुगेका छन् ।

इटलीमा भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी १५,८८७ पुगेका छन भने संक्रमितको संख्या १,२८,९४८ छ । यस्तै अर्को धेरै चपेटामा परेको मुलुक स्पेनमा मृत्युको संख्या १२,६४१ पुगेको छ भने संक्रमितको संख्या १,३१,६४६ छ ।

भारतमा अहिलेसम्म भाइरसका कारण ११७ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा ४७ जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा ७, श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । 

यता नेपालमा १,५२१ जनाको परीक्षण हुँदा ९ जना संक्रमित पाइएकोमा १ जना निको भएको र बाँकी ८ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत