स्वास्थ्य

१६,३२,९५५ जनाको परीक्षण गर्दा ३,११,३५७ पोजेटिभ, कोरोनाभाइरसका कारण ६४,७२७ जनाको मृत्यु

काठमाडौँ । यो समाचार तयार पार्दासम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वका २०६ मुलुक र २ अन्तर्राष्ट्रिय ढुवानी गरेर ६४,७२७ जनाको मृत्यु भएको छ । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वमा १२,०१,९६४ जना कोरोनाभाइरसद्वारा संक्रमित भएका छन भने निको भएर घर फर्कनेको संख्या २,४६,६३८ पुगेका छन् ।

अहिलेसम्म सक्रिय घटना ८,९०,५९९ छन भने बन्द घटना ३,११,३६५ रहेका छन् । यसले के देखाउँछ भने ७९ प्रतिशत डिस्चार्ज र २१ प्रतिशत मृत्यु भएका छन् ।

मृतकको हिसावले धेरै क्रमशः इटलीमा १५,३६२, स्पेनमा ११,९४७, अमेरिका ८,४५२, फ्रान्स ७,५६०, यूके ४,३१३, इरान ३,४५२, चीन ३,३२९, नेदरल्याण्ड १,६५१, बेल्जियम १,२८३, जर्मनीमा १,४४४ जना छन् ।

तर संक्रमणको हिसावले अमेरिकाको हालत पतला छ । अहिलेसम्म ३,११,३५७ जना संक्रमित भएका छन, जुन विश्वको सबैभन्दा बढी संक्रमित देश भएको छ । त्यसपछि स्पेनमा १,२६,१६८, इटलीमा १,२४,६३२, जर्मनीमा ९,०९२, फ्रान्समा ८९,९५३, चीनमा ८१,६६९, इरानमा ४१,९०३, टर्कीमा २३,९३४, स्वीट्जरल्याण्डमा २०,५०५, बेल्जियममा १८,४३१, नेदरल्याण्डमा १६,६२७, क्यानडामा १३,९१२, अष्ट्रियामा ११,७८१, पोर्चुगलमा १०,५२४, ब्राजिलमा १०,३६० र दक्षिण कोरियामा १०,२३७ संक्रमित पुगेका छन् ।

अन्य केही देशहरुमा ८ हजारभन्दा कम संक्रमित रहेका छन् । तर धेरै मुलुकहरुमा हजारभन्दा कम संक्रमित पाइएको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत