स्वास्थ्य

१,९४,५७८ जनामा फर्केको त्यो उर्जा : ‘काेराेना भगाउँछाैँ’

This photo taken on March 10, 2020 shows people who have recovered from the COVID-19 coronavirus leaving a temporary hospital set up to treat people with the COVID-19 coronavirus in Wuhan in China\'s central Hubei province. Credit: AFP Photo

काठमाडौँ । कोरोनाभाइरसले वैश्विक जीवन तहसनहस बनाएको छ । अहिलेसम्म भाइरसको आक्रमणबाट ४७,२४९ जनाको ज्यान गइसकेको छ ।

तर कोरोनाभाइरसलाई जितेर नयाँ उर्जा थप्नेको संख्यापनि निरन्तर बढ्दै गएको छ । अहिलेसम्म १,९४,५७८ उपचारपछि निको भएर अन्यलाई रोगबाट उम्कने शक्ति प्रदान गरिरहेका छन् । उनीहरू भनिरहेका छन्- ‘काेराेना भगाउँछाैँ ।’

कोरोनाभाइरसको संक्रमण अहिले २०३ देश र २ अन्तर्राष्ट्रिय ढुवानीमा ९,३६,२०४ जनामा पुगेको छ । यसमध्ये सक्रिय घटना ६,९४,३७७ र बन्द घटना २,४१,८२७ रहेको वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभइरसले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिका भाइरसबाट सबैभन्दा संक्रमित देश भएको छ । अहिलेसम्म २,१५,३०० संक्रमित भएका छन भने अहिलेसम्म ५,११० को मृत्यु भइसकेको छ ।

मृतकको संख्या हेर्ने हो भने इटलीको अवस्था दर्दनाक छ । त्यहाँ अहिलेसम्म १३,१५५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १,१०,५७४ पुगेको छ । यस्तै स्पेनमा अहिलेसम्म ९,३८७ को मृत्यु भएको छ भने १,०४,११८ जनामा संक्रमण फैलिएको छ ।

यस्तै फ्रान्स, इरान, जर्मनी, नेदरल्याण्ड पनि भाइरसको उच्चतम शिकारभित्र परेका छन् । तर, इपिसेन्टर चीन क्रमशः सामान्य बन्दै गएकाे छ ।

कोभिड-१९ को कारण वैश्विक जन र अर्थतन्त्रमा नराम्रो धक्का पुगेको छ । संसार प्रायः अहिले लकडाउनमा छ । सबै हरतरहले भाइरसलाई जित्न हरेक विकल्पहरुको प्रयोग गरिरहेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत