विश्व

इटलीमा कोरोनाभाइरसका कारण ६१ डाक्टरको मृत्यु भएको पुष्टि

  • एजेन्सी
  • १८ चैत मंगलबार, २०७६ | ०८:२६:०० मा प्रकाशित
61 doctors are now confirmed to have died from coronavirus in Italy. (Salvatore Laporta/Kontrolab/LightRocket)

रोम, इटली । इटलीयन एसोसिएशन अफ डक्टर्सले कोरोनाभाइरसका कारण ६१ डाक्टरको मृत्यु भएको सोमबार पुष्टि गरेको छ ।

जम्मा ८,३५८ स्वास्थ्य कामदारको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको इटलीयन नेशनल इन्स्टिच्यूट अफ हेल्थले जनाएको छ । 

मृत्यु हुने ६१ डाक्टरहरुमा ४० जना कोरोनाले अधिक ग्रस्त क्षेत्र लोम्बार्डीमा कार्यरत थिए ।

इटली नेशनल फेडरेशन अफ अर्डर्स अफ सर्जन एण्ड डेन्टिस्टले आइतबार जारी गरेको मृतक डाक्टरहरुको सूची र विज्ञप्तिमा मेडिकलकर्मीलाई पीपीइको अभाव नै मृत्युको कारण बताएको छ ।

‘मृतकहरूले हल्ला गर्दैनन् । यद्यपि, हाम्रा मृतक मित्रहरू, हाम्रा सहकर्मीहरू, कालो र सेतोमा राखेका नामहरू, चर्को आवाज निकाल्छन्’ संघका अध्यक्ष फिलिपो अनेली, द इन्डिपेन्डन्टले रिपोर्ट गरेको विज्ञप्तिमा भनिएको छ ।
 

एजेन्सी

तपाईँको मत