गाउँ सहर

भारतमा कोरोनाभाइरसका कारण २९ जनाको मृत्यु, संक्रमित संख्या १०७१ पुग्यो

  • एजेन्सी
  • १७ चैत सोमबार, २०७६ | ११:२१:०० मा प्रकाशित

नयाँ दिल्ली । कोरोनाभाइरसका कारण विश्वमा संक्रमितको संख्या बढ्दै गएको छ । विश्वभर ३३ हजार बढीको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्यापनि बढेर १०७९ पुगेको एएनआईले जनाएको छ ।

देशमा अहिले लकडाउनको अवस्था जारी रहेको छ । अहिलेसम्म भारतमा कोरोनाभाइरस जित्नेको संख्या ९९ पुगेको छ ।
 

एजेन्सी

तपाईँको मत