स्वास्थ्य

संसारको सबैभन्दा तेज कम्प्युटरले कोरोना संक्रमण रोक्ने रसायनको पहिचान गर्यो, औषधि बनाउन मिल्ने

  • एजेन्सी
  • ८ चैत शनिबार, २०७६ | १४:१६:०० मा प्रकाशित

टेनिसी । कोरोनाभाइरस संक्रमण यतिविघ्न तेज गतिमा फैलिएको कारण बैज्ञानिकलाई नयाँ चुनौतिको सामना गर्नुपर्ने समय आएको छ । उनीहरुले काम यतिविघ्न द्रुत गतिमा गर्नुपर्ने भएको छ कि अझ बढि संक्रमणले ज्यान नलियोस् । यसको लागि बैज्ञानिकले संसारको सबैभन्दा तेज सुपर कम्प्युटर सम्मेलनको मद्धत लिएका छन् । यसले ७७ दवाइको रसायन पहिचान गरेको छ जुन कोरोनाभाइरस संक्रमण रोक्नमा सक्षम छ । यसले भ्याक्सीन बनाउनपनि मद्धत गर्नेछ ।

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) बेस सुपर कम्प्युटर ७७ केमिकलको पहिचान गरिएको छ । यसले कोरोनाभाइरसलाई शरीरको अन्य कोशिकामा फैलनबाट रोक्नेछ । आक रिज नेशनल ल्याब्रोटेरीले प्रकाशित गरेको जर्नलमा यो दावी गरिएको छ कि यसले तत्काल राहत दिने औषधि बनाउन मद्धतकारी हुनेछ ।

कोरोनाभाइरस अहिलेसम्म विश्वका १८६ देशमा फैलिसकेको छ भने ११,४२२ जनाको ज्यानसमेत गइसकेको छ ।

एजेन्सी

तपाईँको मत