स्वास्थ्य

कोरोनाभाइरसले चीनमा भन्दा इटलीमा बढी ज्यान लियो, अहिलेसम्म विश्वमा १०,०४८ जनाको मृत्यु

काठमाडौँ । यो समाचार तयार पार्दासम्म कोरोनाभाइरस (कोभिड-१९) १७९ देशमा फैलिसकेको छ । भाइरसबाट मृत्यु हुनेको संख्या चीनभन्दा इटलीमा बढेको छ ।

इटलीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३,४०५ पुगेको छ भने त्यहाँ पछिल्लो २४ घण्टामा ४२७ जनाको मृत्यु भएको थियो । जबकी चीनमा मृतकको संख्या ३,२४८ छ ।

पछिल्लो तथ्यांकले इरानमा १,२८४, स्पेनमा ८३१, फ्रान्समा ३७२, अमेरिकामा २१८, यूकेमा १४४, दक्षिण कोरियामा ९४ जनाको मृत्यु भएको छ । अन्य देशमा मृतकको संख्या थोरै कम गतिको देखिएको छ ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेट अनुसार विश्वका १७९ मुलुकमा कोरोनाभाइरस फैलिसकेको छ । उसका अनुसार सो देशमा भाइरसबाट मृत्यु हुनेको संख्या १०,०४८ छन भने निको हुनेको संख्या ८८,४३७ पुगेको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत