स्वास्थ्य

कोरोनाभाइरसलाई जितेका दिल्लीका पहिलो संक्रमित भन्छन्- ‘यो सामान्य फ्लू हो’

नयाँ दिल्ली । कोरोनाभाइरसबाट संक्रमित दिल्लीका एक व्यक्तिले ठिक भएपछि आफ्नो अनुभव एक अंग्रेजी वेबसाइटलाई साझा गरे ।

४५ वर्षका यी व्यापारीलाई सफदरजंग अस्पतालमा भर्ति गरिएको थियो । उनले भने, ‘यहाँ दुईहप्तासम्म डाक्टरको समूहले मेरो हेरचाह गरे । कोरोनाभाइरससँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यो सामान्य फ्लू हो ।’

उनले देशको स्वास्थ्य सुविधा संसारको भन्दा राम्रो भएको बताउँदै भने, ‘हाम्रो यहाँको आइसोलेसन वार्ड दुई/दुईमा मात्र सीमित छैन, सूर्यको प्रकाश नपुग्ने पनि छैनन् ।’

व्यापारीले आफ्नो अनुभव साटासाट गर्दै भने, ‘म २५ फेब्रुअरीमा यूरोपबाट फर्केँ र भोलिपल्ट ज्वरो आयो । डाक्टरकोमा गएँ, मलाई संक्रमण भएको बताए । डाक्टरले मलाई तिनदिनको दवाई दिए । म २८ तारिखमा ठिक भएँ तर २९ फेब्रुअरीमा फेरी ज्वरो आयो । यसकारण राम मनोहर लोहिया अस्पताल गएँ । एक मार्चमा मेरो कोरोनाभाइरस टेस्ट पोजेटिभ आयो । तर डाक्टरले मलाई सो समय कोरोनाभाइरसको संक्रमित हो भनेर भनेनन् ।’

उनलाई त्यसपछि सफदरजंग अस्पतालमा शिफ्ट गरे । डाक्टरले तपाईंलाई रुघाखोकी भने । उनीहरुले केहीसमय पछि ठिक हुने उनलाई बताए । ‘म एक डाक्टर होइन, तर यो साधारण सर्दी र खांसीबाट थोरै अलग थियो । म सफदरजंगको एक आइसोलेशन वार्डमा भर्ती थिएँ जुन भारत सरकारले कोरोनाभाइरस संक्रमितको लागि तयार गरेको थियो । सुविधा राम्रो थियो । कुनै निजी अस्पतालभन्दा कम थिएन । मेरो निजी रुम र बाथरुम थियो ।’ उनले भने ।

संक्रमणबाट निको भएका एक व्यक्तिले भने कि उनलाई ७ संक्रमित व्यक्तिको बीचमा राखिएको थियो । यीमध्ये एकको मृत्यु भयो । 

अहिलेसम्म भारतमा ३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ भने १३७ मा संक्रमण देखिएको छ । विश्वका १६३ देशमा ७,५११ जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितको संख्या १८९,०५३ र निको हुनेको संख्या ८०,८७४ पुगेको वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत