स्वास्थ्य

इटलीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३६६ पुग्यो

  • एजेन्सी
  • २६ फाल्गुण सोमबार, २०७६ | ११:१७:०० मा प्रकाशित

रोम । कोरोनाभाइरसबाट इटलीमा एकैदिन १३३ जनाको मृत्यु भएको छ भने देशमा मृतकको संख्या बढेर ३६६ पुगेको छ । एकैदिन नयाँ १,४९२ मामला आएका थिए ।

चीनपछि कोरोनाभाइरसले सबैभन्दा प्रभावित इटली भएको छ । जहाँ संक्रमित संख्या ७,३७५ पुगेको छ ।

यहीकारण इटली सरकारले कोरोनासँग लड्नको लागि २.२ करोड माक्स बनाउन अर्डर दिएको छ ।

कोरोनाभाइरस फैलन नदिनका लागि स्थानीय सरकारले सिनेमाघर, थिएटर र संग्राहलयहरु बन्द राख्न आदेश दिएको छ । देशभरका स्कूल, नाइट क्लब र क्यासिनोहरु बन्द छन् । 
 

एजेन्सी

तपाईँको मत