स्वास्थ्य

८७ वर्षका कोरोनाभाइरस संक्रमितले डाक्टरसँग हेरे सूर्यास्त, तस्विर भाइरल

[भाइरसबाट मृत्यु हुनेकाे संख्या ३६ सय नाघ्याे]

वुहान । चीनको वुहान शहर कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित छ । करिब ८० हजार भन्दा बढी यही क्षेत्रमा संक्रमित छन् । यहाँको वुहान यूनी अस्पतालबाट शनिबार एक हृदयदायी तस्विर सार्वजनिक भयो ।

तस्विरमा एक डाक्टर ८७ वर्षका कोरोनाभाइरसका विरामीलाई अस्पताल बाहिर सूर्यास्त देखाइरहेका थिए ।

अहिले सामाजिक सञ्जालमा यो तस्विर भाइरल बनेको छ । एक प्रयोगकर्ताले लेखेका छन, “साँच्चै मन बाट ! मेडिकल केयर वर्कस हाम्रो हिरो हुन् !” अर्का प्रयोगकर्ताले लेखेका छन्, “आशा छ कि यी वृद्ध विरामी चाँडै ठिक हुनेछन् ।”

तर अहिलेसम्म पत्ता लागेको छैन कि यी वृद्ध पुरुष हुन कि महिला भनेर ।

विरामी खुसी राख्न हरेक इच्छा पुरा गर्छन डाक्टर

वुहानका अस्पतालमा मेडिकल स्टाफ कोरोनाभाइरसबाट प्रभावित विरामीलाई सकारात्मक र खुसी राख्नको लागि हर तरिकाको कोशिष गर्दैछन् । अस्पताल र अस्थायी अस्पतालमा डान्स र एक्सरसाइजको कक्षा पनि गराइरहेका छन् । योभन्दा पहिले पूर्वी चीनको अन्हुईमा मेडिकल अटेंडेंटले विरामी निको भएको उपलक्ष्यमा डान्स गरेर मनाएका थिए । सो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो भने प्रयोगकर्ताले उनको तारिफ गरेका थिए ।

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सँख्या ३६ सय नाघ्यो

कोरोनाभाइरसबाट विश्वभरमा मृत्यु हुनेको सँख्या नेपाली समय अनुसार आइतबार साँझ ५ बजेर १७ मिनेट सम्ममा ३,६५२ पुगेको छ । यस्तै संक्रमितको संख्या १०७,४२० पुगेको र १०३ देशमा भाइरस पुगेको वर्ल्डओमिटर डट इन्फोले जनाएको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत