जीवनशैली

शनिको योग भए यी क्षेत्रमा हात हाल्नुहोस्

काठमाडौँ । शनि सबैभन्दा लामो समयसम्म कुनैपनि ग्रहमा भए यसको प्रभाव पनि सबैभन्दा धेरै हुने गर्दछ । शनि कर्मको स्वामी हो । जुन व्यक्तिको कुण्डलीमा शनिको शुभ स्थिति हुन्छ उनीहरुको करिअर ग्राफ निरन्तर अगाडि बढ्दछ । यदि शनिको स्थिति ठिक हुँदैन भने कारोबार र करिअरमा अनेक व्यवधानहरुको सामना गर्नुपर्ने हुन्छ ।

चन्द्रमा चञ्चलता र अस्थितरतको प्रतीक ग्रह हो । यो ग्रहसँग शनिको सम्बन्ध बन्दछ भने व्यक्तिको कारोबार एवं जागिरमा स्थिरता हुँदैन । मनको चञ्चलता र अस्थिरताको कारण एक स्थानमा टिकेर काम गर्नमा सफलताको संभावना कम हुने गर्दछ । जुन व्यक्तिको कुण्डलीमा यो स्थिति हुन्छ भने उनीहरुले कला, लेखन र यात्रा सम्बन्धी क्षेत्रमा सफलता प्राप्त हुने गुनासो बढी हुन्छ ।

सूर्य ग्रहसँग शनिको सम्बन्ध भए राजकीय क्षेत्र एवं राजनीतिबाट लाभ प्राप्त हुन्छ तर धेरै संघर्ष पछि मात्र । शनि जुन भावमा हुन्छन उही भावको दोस्रो या सातौँ घरमा सूर्य हुँदा पनि व्यक्तिमा रोजगारको क्षेत्रमा सफलता पाउन धेरै संघर्ष गर्नुपर्ने हुन्छ ।

बृहस्पतिसँग समभाव हुनु अथवा मीनमा शनि हुनु वा योसँग सम्बन्ध भए, शनि गोचरमा धनु या मीनमा प्रवेश गर्दछ भने शुभ फल प्रदान गर्दछ । यस्तो स्थितिमा शनि व्यक्तिलाई धर्म एवं शिक्षण सम्बन्धी कार्यमा सफलता र मान सम्मान दिलाउँदछ । यो जानकारीमा हाम्रो दावी छैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत