स्वास्थ्य

५० वर्षको उमेरपछि यस्तो हुनुपर्छ खाना, हावादारी कुराबाट बच्नुहोस्

काठमाडौँ । बढ्दो उमेरसँगै कुनैपनि मानिसमा शारीरिक, मानसिक र भावनात्मक परिवर्तन स्वभावैले आउने गर्दछ । बढ्दो उमेरमा अधिकांश अंग प्रभावित हुने गर्दछन् । यसकारण सन्तुलित आहारको आवश्यकता युवा अवस्थामा मात्र होइन, ढल्कँदो उमेरमा पनि हुनु अपरिहार्य हुन्छ । उमेरको कारण धेरै स्वास्थ्य सम्बन्धी समस्याहरुको सामना गर्नुपर्ने हुन्छ, जसको लागि पनि पर्याप्त पोषणको कमीबाट आउनसक्ने गम्भीरता बढ्न सक्दछ । तसर्थ यो समयमा उचित पोषक तत्वको सेवन गर्नु अपरिहार्य हुन्छ । कुनैपनि व्यक्तिको पोषक तत्व उमेर अनुसार परिवर्तन हुँदै जान्छ । र अवस्था अनुसार उसले पनि शरीरको अवस्था हेरेर के खाने, के नखाने जान्नु आवश्यक हुन्छ । 

५० वर्षको उमेर पछि केही कारक तत्व हुन सक्छ जसको कारण खानाको सेवन कम हुन सक्छ । यसमा समावेश हुन्छ— भोकको कमी, स्वाद या सुगन्ध पहिचानमा कमी, चवाउने या निल्नमा कठिनाई, शारीरिक शक्ति या गतिशिलतामा कमी, गम्भीर बिरामी या दवाईको सेवान, भावनात्मक स्थिति, वित्तीय सुरक्षा आदि ।

डब्लूडब्लूडब्लू डट माइउपचार डट कमसँग जोडिएका डा. अप्रतिम गोयलका अनुसार, आहारको साथै बढ्दो उमेरमा पनि दैनिक व्यायाम समावेश गर्नु जरुरी छ । यसबाट अधिक सक्रिय, लचिलो र प्रगतिशिल बिरामीबाट दूर गर्नको लागि मद्यत मिल्दछ । यो उमेरमा भोजन ताजा र पाकेको हुनु पर्दछ । ५० वर्ष वा सो भन्दा बढी उमेरका मानिसले यो कुरा बुझ्नु जरुरी छ कि उनलाई के गर्नु हुन्छ, के गर्नु हुँदैन ।

  • सजिलोसँग पच्ने, सजिलोसँग अवशोषित हुने, साना साना टुक्रामा भोजन गर्नुहोस् ।
  • सक्खर, मिठा पेय पदार्थ, अनडाइल्यूटेड जूसको सेवन कम गर्नुहोस् ।
  • आफ्नो खानामा धेरै तरल पदार्थ समावेश गर्नुहोस् किनकि तपाईंलाई हाइड्रेटेड राख्दै पाचनलाई उत्कृष्ट बनाउँछ ।
  • प्रशोधित अन्न वा दालको ठाउँमा अप्रशोधित अन्न र दालको प्रयोग गर्नुहोस् ।
  • आहारमा फाइबरको संरचना माध्यम हुनु पर्दछ ।
  • शारीरिक रुपबाट सक्रिय रहनुहोस् ।
  • हरेक दिन भोजनमा मौसमी फल समावेश गर्नुहोस् ।
  • आहारमा प्याज, अदुवा, लसुन, निबु, जीरा, बीउ, बदाम, ओखर, नरिवलपानी समावेश गर्नुहोस् । यी खानाले मांसपेशीलाई लचिलो, सूजनलाई रोक्ने गर्दछ भने रक्तचाप पनि सन्तुलित बनाउँछ ।

यी हावादारी कुराको पछाडि नलाग्नुहोस्

  • प्रोटिनको प्रयोग गर्नुहुन्न भन्ने कुरा झुट हो किनभने  यो उमेरमा सबैभन्दा बढी आवश्यकता प्रोटिनकै हुन्छ । राती दालको प्रयोग गर्नुहुन्न भन्ने पनि एक मिथक मात्र हो ।
  • नूनको प्रयोग त्यतिबेलामात्र प्रतिवन्धित गर्नु पर्दछ जब व्यक्तिमा उच्च रक्तचाप हुन्छ ।
  • दूध, दही, घ्यू जस्ता संतृप्त वसाको प्रयोग पूर्णतया समाप्त गर्नुपर्छ भन्ने छैन जबसम्म हार्ट ब्लक या हाइपरकोलेस्ट्रोलेमिया छैन ।
  • रातिको खानापछि दूधको सेवन ठिक हुन्छ ।
  • भोजनको संख्या कम गर्नु हानिकारक हुन्छ । यसकारण मेटाबलिज्मलाई स्वस्थ राख्नको लागि तीन प्रमुख भोजन र दुई हल्का भोजन गर्नु पर्दछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत