विश्व

जापानका चितेत्सु वतनाबे संसारको सबैभन्दा बढी उमेरका जीवित व्यक्ति, गिनीज वर्ल्ड रेकर्डसमा दर्जा

  • एजेन्सी
  • १ फाल्गुण बिहीबार, २०७६ | १५:५५:०० मा प्रकाशित

टोक्यो । जापानका चितेत्सु वतनाबे संसारको सबैभन्दा पाका जीवित पुरुष बनेका छन् । १२ फेब्रुअरी, २०२० अर्थात हिजो उनी ११२ वर्ष ३४४ दिनका भए । चितेत्सुको जन्म ५ मार्च नीगातामा १९०७ मा भएको थियो । गिनीज वर्ल्ड रेकर्डसले बुधबार उनलाई प्रमाणपत्र दियो ।

चितेत्सु आठ बच्चाको पिता हुन् । उनी गन्नेको खेतमा काम गर्दथे । परिवारका सदस्यका अनुसार उनी कहिल्यै पनि निराश हुँदैनन र ठूलो आवाजमा कुरापनि गर्दैनन् । जहिल्यै हाँसिरहन्छन् । एग्रिकल्चरबाट ग्रेजुएशन पश्चात उनी ताइवान गए र गन्न बगानमा काम गरे । परिवारसँग उनी त्यहाँ १८ वर्ष रहे । त्यसपछि द्वितिय युद्धमा सेनामा काम गरे । यसपछि नीगाता फर्के र सरकारी कार्यालयमा रिटायरमेन्टसम्म काम गरे । 

योभन्दा पहिले जापानकै सबैभन्दा बढी उमेरका पुरुष मासाजो नोनाको थिए । उनको निधन १२ जून २०१३ मा भएको थियो । त्यो समय उनको उमेर ११३ वर्ष ५४ दिन थियो ।
 

एजेन्सी

तपाईँको मत