प्रेरणा

भगवान शिवलाई शंखले जल चढाउनु हुँदैन, किन ? कारण यस्ताे छ

काठमाडौँ । भगवान शिवलाई दूध र जल चढाउनु परम्परा नै हो । दूध र जल अर्पित गर्दा तपाईंले यो कुरा ध्यान दिनुपर्छ कि महादेवलाई शंखले जल चढाउनु हुँदैन । धार्मिक मान्यता अनुसार शंखले भगवान शिवलाई जल चढाउनु भनेको उनको अपमान गर्नु बराबर हो ।

शिवपुराण के भन्छ ?
वास्तवमा शिवपुराणमा एक कथा वर्णित छ जसमा यो कुराको कारण उल्लेख छ । शिवपुराण अनुसार शंखचूड नामका महापराक्रमी दैत्य थिए । शंखचूड दैत्यराम दम्भका पुत्र थिए । दैत्यराज दम्भको जब लामो समयसम्म कुनै सन्तान भएनन् तब उनले भगवान विष्णुको कठिन तपस्या गरे । तपबाट प्रशन्न भएर भगवान विष्णुले वर माग्नको लागि भने । तब दम्भले तीन लोकको लागि अजेय एक महापराक्रमी पुत्रको वर मागे ।

श्रीहरि तथास्तु भनेर भगवान विष्णु अन्र्तध्यान भए । त्यसपछि दम्भको पुत्र जन्म भए जसको नाम शंखचूड रह्यो । शंखचूडले पुष्करमा ब्रम्हाजीको लागि घोर तपस्या गरे र उनलाई प्रशन्न पारे । ब्रम्हाले वर माग्नको लागि भने तब शंखचूडले देवताको लागि अजेय हुने वर मागे । ब्रम्हाजीले तथास्तु भने र उनलाई श्रीकृष्णकवच दिए । साथै ब्रम्हाले शंखचूडलाई धर्मध्वजकी कन्या तुलसीसँग विवाह गर्ने आज्ञा दिए । फेरी उनी अदृश्यभ ए । ब्रम्हाको आज्ञा अनुसार तुलसी र शंखचूडको विवाह भयो । र विष्णुको वरदानको मद्धतले चूर दैत्यराज शंखचूडले तीनै लोकमा स्वामित्व स्थापित गरे ।

देवाता त्रस्त भएर विष्णुको मद्यत मागे तर उनले आफैँ दम्भलाई यस्तो पुत्र वरदान दिएका थिए । अतः उनले शिवजी को प्रार्थना गरे । तब शिवले देवताहरुका दुःख दूर गर्ने निश्चय गरे र उनी गए । तर श्रीकृष्ण कवच र तुलसीको पतिव्रत धर्मको कारण शिवजी पनि उसको वध गर्न असफल भइरहेका थिएनन् । तब विष्णुले ब्राम्हण रुप धारण गरेर दैत्यराजसँग उसको श्रीकृष्णकवच दानमा लिए । यसपछि शंखचूडको रुप धारण गरेर तुलसीको शील हरण गरे । तब शिवजी ले शंखचूडलाई आफ्नो त्रिशुलले भष्म गरिदिए । उसको हड्डिबाट शंखको जन्म भयो । किनकी शंखचूड विष्णु भक्त थिए । अतः लक्ष्मी-विष्णुलाई शंखको जल अति प्रिय छ र सबै देवातालाई शंखको जल चढाउने परम्परा पनि छ । तर शिवजी ले उसको वध गरेका थिए, यसकारण शंखको जल शिवलाई निशेष बताइएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत